कतारसंग सिरिज र विश्वकप छनोट खेल्न नेपाली महिला टिम कतार प्रस्थान ( खेल तालिका सहित )

कतारसंग इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज तथा टि-२० विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आइतबार विहान कतार प्रस्थान गरेको छ। टिमलाई शनिवार राति क्यानले विदाई गरेको थियो।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले दुई वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। महिला राष्ट्रिय टिमले अन्तिम पटक २०१९ मा नेपालको पोखरामा आयोजित साग महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको थियो।

नेपालले कतारसंग इतिहासमै पहिलो पटक द्विपक्षीय मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय खेल्नेछ। नोभेम्बर १६, १७ र १८ तारिखमा खेलहरु हुनेछन्। कतारसंगको सिरिज पछि नेपाली टिम त्यहींबाट टि-२० विश्वकप एसिया छनोटमा सहभागी हुन युएईतर्फ प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा युएईसंग खेल्नेछ।

टि-२० विश्वकप एसिया छनोटमा नेपालको खेलतालिका :
नोभेम्बर २२ हंगकंगसंग, नोभेम्बर २३-भुटानसंग, नोभेम्बर २५-कुवतसंग, नोभेम्बर २६- मलेसियासंग , नोभेम्बर २८ तारिख- युएईसग

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]