विश्वकप छनोट : सातौँ स्थान प्ले-अफ सेमीफाइनलमा नेपाल र युएई खेल्दै

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा आज नेपालले युएईको सामना गर्दैछ। खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२:४५ बाट सुरु हुनेछ।

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र युएई एक दिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपाल र युएई बीच अन्तिम पाँच खेल मध्ये ४ खेलमा नेपाल विजयी हुँदा १ खेलमा युएई विजयी भएको छ। त्यसमध्ये पछिल्लो ४ खेलमा नेपालले युएईलाई पराजित गरेको छ। पछिल्लो पटक मेमा नेपालमा आयोजित एसीसी प्रिमियर लिगको फाइनलमा भेट हुँदा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को चौंथो स्थानमा रहंदा युएई समुह ‘बि’ को पाँचौ स्थानमा रहेको थियो। नेपालले ४ खेलमा १ जित र ३ हार बेहोर्दा युएई सबै ४ खेलमा पराजित भएको थियो।

नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ), भिम शार्की, रोहित पौडेल ( कप्तान ), आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, गुल्सन झा, सन्दिप लामिछाने, करन केसी, ललित राजवंशी





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]