अफगानिस्तान सामु नेपाल निरिह साबित, कप्तानको ह्याट-ट्रिक

  • विकेटनेपाल- साउन ५

यु-१९ एसिया बिश्वकप छनौट अन्तर्गत आफ्नो तेश्रो खेलमा अफगानिस्तानसंग निरिह साबित हुँदै पराजित भएको छ l ( स्कोरकार्ड , अंकतालिका )

अफगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याएको नेपाली टिमले सबै विकेट गुमाउदै ४९ रन मात्रै बनाउन सकेपछि १४१ रनको बिशाल अन्तरको हार बेहोर्न पुग्यो l

नेपाललाई पराजित गरेपछि सबै ३ वटा खेलमा जित हात पार्दै अफगानिस्तान अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा २ जितको साथ दोश्रो स्थानमा यथावत छ l प्रतियोगितामा अब नेपालले मलेसिया, सिंगापुर र अफगानिस्तानसंग ३ वटा खेल खेल्न बाँकी छ l

अफगानिस्तान कप्तान समेत रहेका नबिन उल हकले ह्याट-ट्रीक सहित ४ विकेट हात पारेपछि नेपाली टिमको मध्येक्रम ध्वस्त हुनपुगेको थियो l ह्याट-ट्रिक लिने क्रममा उनले इनिंगको नवौ ओभरमा दिपेन्द्र ऐरी ( ४ ) , प्रनित थापा ( ० ) र अनिल साह ( ० ) को विकेट लिएका थिए l

नबिन उल हकले ह्याट-ट्रीक सहित ४ विकेट हात पारेपछि नेपाली टिमको मध्येक्रम ध्वस्त हुनपुगेको थियो ©cricinfo

 

हयाट-ट्रिक सहित नबिन उल हकले ४ विकेट लिन ४ ओभरमा मात्र ८ रन खर्चिएका थिए l यस्तै मुजिब उर् रहमानले पनि ४ विकेट हात पारे जसले ९ ओभरमा ५ मेडन ओभर सहित मात्र ७ रन खर्चिएका थिए l

अत्यन्त खराब ब्याटिंग गरेको नेपालको लागि पवन सर्राफले २६  रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् l पुनः फ्लप हुने क्रममा ओपनर सन्दिप सुनार २ र आसिफ शेखले ६ रन मात्रै बनाउन सकेका थिए l

यस अघि पदंग मैदानमा अफगानिस्तानले उत्कृस्ट सुरुवात गर्यो र पहिलो विकेटको लागि  इब्राहिम जद्रान र नाबेद ओबेदले ७५ रनको साझेदारी गरे l नेपाली सुरुवाती बलरहरुलाई विकेट लिनबाट बन्चित गरेका अफगानी ओपनर नाबेदले ३३ तथा जद्रानले ४३ रन बनाए l

पुनः फ्लप हुने क्रममा ओपनर सन्दिप सुनार २ र आसिफ शेखले ६ रन मात्रै बनाउन सकेका थिए l

शाहब आलमले जद्रानको विकेट लिएपछि नेपाली बलरहरुले अफगानिस्तान माथि दबाब बनाउन सुरु गरेको थियो l त्यसपछि भने अफगानिस्तान ब्याट्सम्यानहरुले खुलेर ब्याटिंग गर्न सकेनन् l अफगानिस्तानको लागि तारिक स्टानिकजाइले २७, नाबेद उल हकले २०, इमरान मोहम्मदीले १८ रनको योगदान दिए l

नेपालको लागि शाहब आलमले माथिल्लो क्रमको ब्याट्सम्यानहरुलाई पाखा लगाउने क्रममा सर्बाधिक ३ विकेट हात पारे l उत्कृस्ट बलिंग गरेका पवन सर्राफले २ तथा पुछारका ब्याट्सम्यानहरुको विकेट लिएका सन्दिप लामिछानेले पनि २ विकेट हात पारेका थिए l दिपेन्द्र ऐरी र किशोर महतोले पनि १/१ विकेट आफ्नो नाम गरे l

 

 

हेर्नुस स्कोरकार्ड 

खेल पछि रास्ट्रिय क्रिकेटर सन्जम रेग्मीले नेपालको प्रदर्शनलाई इतिहासकै खराब भनेका छन् l

धेरैले पढेको :- 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]