सरस्वति र रुबिना चम्किंदा नेपालको ऐतिहासिक सिरिज जित

दोश्रो टि-२० अन्तर्राष्ट्रियमा कतारलाई ६१ रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित दर्ता गरेको छ। तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले एक खेल बाँकी रहँदै २-० ले जित्यो। पहिलो खेल नेपालले ११९ रनले जितेको थियो।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा कतारले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनायो। कतारको ब्याटिंगमा कप्तान आयशाले सर्वाधिक २४ रन, केरी पौनसेटले १५ रन योगदान दिए।

नेपालको बलिंगमा सरस्वति चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चिन्। रुबिना क्षेत्रीले २ विकेट ९ २.३-०-१२-२ ) हात पारिन् यस्तै सबनम राई ( ४-१-१०-१ ) , संगीता राई ( ४-०-२०-१ ) र कविता जोशी ( ३-०-१३-१ ) ले समान १ विकेट हात पारिन्।

टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १२९ रन बनाएको थियो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा ५० रन बनाईन् जुन क्रममा उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यस्तै कविता कुँवरले ३० बलमा २ छक्का प्रहार गर्दै ३१ रन तथा अप्सरी बेगमले अविज्ती १७ बलमा १ चौका मद्दतले २३ रन बनाईन्। रुबिनाले कवितासंग तेश्रो विकेटको लागि ५६ रनको तथा छैठौं विकेटको लागि अप्सरीसंग ३७ रनको साझेदारी गरिन्। रुबिना अन्तिम ओभरमा आउट हुन पुगिन्।

कतारको बलिंग मा एन्जेलिन मारेले २ विकेट तथा अलिना खान, सबिजा पनायान र साची धाडवालले समान एक विकेट लिए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]