सिंगापुर बिरुद्ध नेपालको विशाल जित, समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा

सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो।

डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग  जुलाई ८ तारिकमा खेल्नेछ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

सिंगापुरको लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सिंगापुरलाई सस्तोमा समेट्न देब्रे हाते स्पिनर कुशल मल्लले ४ विकेट ( ९.१-१-१४-४ ) लिए भने तिलक राज भण्डारीले २ ( ५.१-१-९-२ ) तथा सागर ढकाल ( ७-०-१६-१ ) र राशिद खान ( ७-२-१२-१ ) ले १/१ विकेट लिए।

४ विकेट लिने क्रममा कुशलले ३७ औं ओभरको छैठौं र सातौँ बलमा विकेट लिए। अम्पायरले गल्ति गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए। स्कोरकार्ड

Kushal Malla
Kushal Malla

रित गौतमको शतक  

किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन योगफल तयार गरेको थियो ।

उत्कृस्ट सुरुवात गर्ने क्रममा पवन सर्राफ र रित गौतमले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरे।अर्धशतकको लागि चुक्ने क्रममा पवन १५ औं ओभरमा आउट भए । उनले १० चौका मदतले ४१ बलमा ४५ रन बनाए।

Pawan Sarraf

पवनको विकेटपछि दोश्रो विकेटको लागि रितले खडक बोहरासंग १३१ रनको साझेदारी गरे।

यु-१९ टिमको लागि पहिलो पटक ब्याटिंग गरेका खडक ९० रन बनाएर ४० औं ओभरमा आउट भए। ९० बलमा उनले १२ चौका प्रहार गरे। अर्धशतक बनाउनु अघि खडकको २ वटा क्याच सिंगापुर फिल्डरहरुले छोड्न पुगेका थिए।

खडकको विकेटपछि बिशाल बिक्रम केसी १ तथा रोहित पौडेल ७ रन बनाएर आउट भए। त्यसपछि रितले कुशल मल्लले इनिंगलाई अन्तिमसम्म लागे।

Rit Gautam

यसै बीच रितले यु-१९ टिमको लागि आफ्नो पहिलो शतक पुरा गरे। २०१७ एसीसी यु-१६ टिमको कप्तानी गरेका रितले म्यानमार बिरुद्ध शतक बनाएका थिए। अविजित ११५ रन बनाएका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै अन्तिममा विस्फोटक ब्याटिंग गरेका कुशलले मात्र २३ बलमा अर्धशतक बनाएर अविजित रहे। मल्लले २३ बलमा ५१ रन बनाउदा ४ चौका र ५ छक्का प्रहार गरे।

कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो , चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

Kushal Malla





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]