सन्दिपको बलिंगमा घुम्यो सिंगापुर, रोमान्चक जित

  • विकेटनेपाल, साउन-६

समस्यामा रहेको नेपाली टिमलाई सन्दिप लामिछानेको बलिंगले जोगाएपछि नेपालले सिंगापुरलाई रोमान्चक खेलमा २२ रनले पराजित गरेको छ l प्रतियोगितामा तेश्रो जित हात पारेपछि नेपालले न्युजिल्याण्डमा २०१८ जनवरीमा संचालन हुने यु-१९ बिश्वकप छनौट हुने आशा अझै कायम राखेको छ l ( हेर्नुस स्कोरकार्ड )

दोश्रो इनिंगमा नेपालले दिएको १६९ रनको लक्ष पछ्याएको सिंगापुरले ४६.५ ओभरमा १४६ रनमा सबै विकेट गुमाएको थियो l

सिंगापुरले नेपालको लक्ष राम्रोसंग पछ्याईरहेको थियो र एक समय १३९/५ को मजबुत स्थितिमा थियो l त्यति बेला कप्तान सन्दिप लामिछानेले ३२ रन बनाएर नेपालको लागि खतरा बनिरहेका हंशुल दिपलाई एलबिडब्लु धरापमा पारेपछि नेपाल खेलमा फर्किएको थियो l १३९ को स्कोरबाट ७ रन जोड्दा सिंगापुरले बाँकी सबै विकेट गुमाउन पुगेको थियो l

सन्दिप लामिछाने ४ विकेट हात पार्दै नेपालको जितमा नायक बने ( फाइल फोटो )

सन्दिप लामिछानेले १० ओभरमा मात्र २२ रन खर्चदै ४ विकेट हात पारे l यस्तै किशोर महतो र पवन शर्राफले २/२ विकेट आफ्नो नाम गरे l

यस अघि दिपेन्द्र ऐरीको अर्धशतक मदतले नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाई सिंगापुरलाई १६९ रनको लक्ष प्रस्तुत गरेको हो l

इन्डियन एसोसिएसन मैदानमा टस जितेर प्रतियोगितामा पहिलो पटक ब्याटिंग रोजेको नेपालको लागि दिपेन्द्र ऐरीले अर्धशतकीय इनिंग खेलेका थिए l  ५४ रनको इनिंग खेलेका ऐरीले ८३ बलमा २ चौका र २ चक्का प्रहार गरे l

आसिफ शेखको सट्टा नेपालको लागि ओपनिंग ब्याटिंग गर्न अनिल कुमार शाह र सन्दिप सुनार आएका थिए l अनिल ७ रनमा आउट भए भने सन्दिपले २६ रन योगदान दिएका थिए l प्रकास केसीले २३ रन र रोहित पौडेलले १५ रनको योगदान दिएका थिए l

५४ रनको इनिंग खेल्दै  म्यान अफ द म्याच चुनिएका ऐरीले ८३ बलमा २ चौका र २ चक्का प्रहार गरे l

चौथो नम्बरमा ब्याटिंग गर्न आएका आसिफ शेख पुनः फ्लप हुने क्रममा मात्र ३ रन बनाउन सके l प्रनित थापाले ८, पवन सर्राफले २ रन बनाए l  सिंगापुरले अतिरिक्त रनको रुपमा २३ रन खर्चिएको थियो l

सिंगापुर बलर बिर बिक्रमले ३ विकेट तथा अर्यमन सुनिल र आहान गोपीनाथले २/२ विकेट हात पारे l

 

आजै सम्पन्न दोश्रो खेलमा अफगानिस्तानले मलेसियालाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा चौथो जित हात पारेको छ l अंकतालिकामा अफगानिस्तान ८ अंक सहित पहिलो र समान ४ खेल खेल्दै ६ अंक सहित नेपाल दोश्रो स्थानमा रहेको छ l

सहभागी ४ टोलि बाट १ टिम मात्रै यु-१९ बिश्वकप छनौट हुने हुँदा अब नेपाललाई बाँकी २ खेलमा जित अत्यावश्यक छ l नेपालले सोमबार मलेसिया र मंगलबार अफगानिस्तानको सामना गर्नेछ l नेपालको खेल तालिका र हालसम्म खेलेको स्कोरकार्डहरु हेर्नुस 

स्कोरकार्ड अंकतालिका 

 

धेरैले पढेको :- 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]