नेपाल बलियो स्थितिमा

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरको ४ विकेट नेपालले लिएको छ l

१७ ओभरको खेल सकिंदा सिंगापुरले ४१ रन बनाएको छ l

नेपालको लागि ओपनिंग फास्ट बलर किशोर महतोले २ तथा अफ स्पिनर पवन सर्राफले २ विकेट लिएका छन् l

सिंगापुरको लागि सिद्धान्तले २० रन तथा ओपनर रोहन रंगराजनले ११ रन योगदान दिएका थिए l

पहिलो २ खेल जितेको नेपालले यो खेल जिते समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ र सेमीफाइनलमा समुह ‘बि’ को उपविजेताको सामना गर्नेछ l

नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो l

नेपाल ४ अंक सहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने सिंगापुरको पनि २ जितको साथ ४ नै अंक रहेको छ जो नेट रनरेटमा पछि छ l

किशोर महतोले २ विकेट हात पारे l फाइल फोटो

अपडेट कहाँ हेर्ने  ? 

खेलको स्कोर अपडेट हेर्न यो लिंकमा क्लिक गर्नुस, 
स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुस
विकेटनेपाल फेसबुक पेजमा प्रत्यक्ष भिडियो र अपडेट पनि गर्नेछौ यहाँ क्लिक गर्नुस  





थप समाचार

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]