नेपालको पहिलो खेल बंगलादेशसंग, लक्ष्य सेमीफाइनल

  • विकेटनेपाल २२ कार्तिक

मलेसियामा नोभेम्बर ९ तारिक देखि सुरु हुने यु-१९ युथ एसिया कपमा सहभागी हुन नेपाली टिम मंगलबार राति  ११:३० बजे नेपाल एअरलायन्सको बिमान मार्फत आयोजना स्थल प्रस्थान गरेको छ।

उमेर समहको एसियाकै ठुलो प्रतियोगिता यु-१९ युथ एसिया कपमा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र युएई रहेको छ।

नेपालले पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बर शनिबार खेल्ने छ। त्यसपछि १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

प्रतियोगिताको तयारीको लागि नेपाली टिमले यसैसाता बंगलादेश भ्रमण गरेको थियो जहाँ खेलिएको ३ एकदिवसीयको सिरिज मध्ये तेश्रो एकदिवसीयमा नेपाल ६ विकेटले बिजयी भएको थियो। पहिलो २ खेलमा भने नेपाल क्रमशः ३ विकेटले र १२३ रनले पराजित भएको थियो।

बंगलादेशलाई पराजित गरेपछि नेपाली टिम प्रतियोगिता सेमीफाइनल पुग्ने आत्मविश्वासका साथ मलेसिया उडेको छ।

बंगलादेश पनि नेपालकै समुहमा रहेको कारण यदी बंगलादेशलाई पराजित गर्दै मलेसियालाई पनि पराजित गरेको खण्डमा नेपालको सेमीफाइनल पुग्ने सम्भावना प्रबल हुनेछ।

नेपालकै समुहमा रहेको भारत जो २०१६ मा श्रीलंकामा भएको युथ एसिया कपको बिजेता टोलि हो। त्यस प्रतियोगितामा नेपाल भारतसंग समुह चरणमा ६ विकेटले पराजित भएको थियो भने मलेसियासंग नेपालले १ विकेटको कठिन जित निकालेको थियो। श्रीलंकासंग मात्र १ रनले पराजित भएपछि त्यसबेला नेपाल दोश्रो चरण प्रवेश गर्न असफल भएको थियो। त्यसभन्दा अघि सन् २०१४ मा भएको युथ एसिया कपमा नेपाल भारत र पाकिस्तानसंग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको थियो।

बंगलादेशलाई पराजित गरेपछि नेपालको आत्मविश्वास उचाईमा छ

युथ एसिया कपको लागि नेपाली टिमको घोषणा गरिसकेको छ । टिममा जितेन्द्र सिंह ठकुरी र रासिद खानले पहिलो पटक नाम लेखाएका छन् । सेप्टेम्बरमा एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा टिममा रहेका ब्याट्सम्यान सन्दिप जोरा र लेग स्पिनर बिक्रम भुसालले यो पटक टिममा स्थान बनाउन सकेनन्।  विकेटकिपर ब्याट्सम्यान प्रकास केसी र दायाँ हाते तिब्र गति बलर कमल सिंह ऐरीले टिममा कम्ब्याक गरेका छन्।

दिपेन्द्र ऐरीको कप्तानी रहने नेपाली टिममा रासिद खान, कमल सिंह ऐरी, किशोर महतो गरि ३ जना तिब्र गति बलर छन् भने शाहब आलम भिम शार्की, सन्दिप लामिछाने, पवन सर्राफ गरि ४ जना स्पिनर रहेका छन् । यस्तै कप्तान ऐरी, रोहित पौडेल, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, आसिफ शेख, प्रकास केसी गरि ७ जना ब्याट्सम्यान १५ जना भित्र अटाएका छन्।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

प्रशिक्षक : बिनोद दास

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy