बिश्वकप छनौटमा नेपालको बिजयी सुरुवात

  • विकेटनेपाल, साउन २

आईसीसी एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ l

हेर्नुस स्कोरकार्ड 

पदंग क्रिकेट मैदानमा सम्पन्न निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको सिंगापुरले २९ ओभरमा सम्पूर्ण विकेट गुमाई मात्र ७३ रन बनाउन सकेको थियो l सन्दिप लामिछानेले ५ , शाहब आलमले ३ तथा किशोर महतोले २ विकेट हात पारेपछि सिंगापुरले कमजोर ब्याटिंग गर्यो l

सन्दिपले ८ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित २१ रन खर्चेका थिए जुन क्रममा सिंगापुरको माथिल्लो क्रम तहसनहस हुनपुगेको थियो l कसिलो बलिंग गरेका शाहब आलमले ६ ओभरमा मात्र १२ रन दिए l किशोर महतोले २ विकेट लिन ६ ओभरमा २५ रन खर्चिएका थिए l

सिंगापुरको लागि नवौ नम्बरमा ब्याटिंग गरेका ब्रिगु ऐएरले ४२ रनको इनिंग खेलेका थिए l उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सिंगापुरको इज्जत ढाकेका थिए l ओपनर सिङ अग्रवालले ११ रन बनाउने बाहेक अन्य सिंगापुर ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् l

जवाफमा ७४ रनको लक्ष पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष पुरा गर्यो l

Sandeep Lamichhane
सन्दिप लामिछानेले ५ विकेट हात पारे

लक्ष पछ्याउने क्रममा नेपालले पनि लगातार विकेट गुमाएको थियो l ओपनर आसिफ शेखको खराब लय जारि रह्यो भने सन्दिप सुनार पनि सस्तैमा आउट हुनपुगे l आसिफ ४ र सन्दिप १ रन बनाएर आर्यमन सुनिलको बलमा आउट भएका थिए l

तेश्रो नम्बरमा ब्याटिंग गरेका प्रनित थापाले ३ चौका प्रहार गर्दै २३ रन बनाउदै जितलाई सहज बनाउने प्रयास गरेपनि उनि अंशको बलमा बोल्ड आउट हुनपुगेका थिए l दिपेन्द्र ऐरी पनि २ रन बनाएर आउट भएपछि नेपाल समस्यामा देखिएको थियो l अनिल साह १९ रन बनाएर तथा प्रकास केसी ६ रन पेभेलियन फर्किएपछि नेपालले ६ विकेट ६९ रनमा गुमाएको थियो l

रोहित पौडेल र पवन सर्राफले क्रमशः अविजित ११ र ४ रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए l

हेर्नुस स्कोरकार्ड 

एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दोश्रो खेलमा अफगानिस्तानले मलेसियालाई ८ विकेटले सहजै पराजित गर्यो l त्यसक्रममा मलेसियाले दिएको ५४ रनको लक्ष उसले ५.४ ओभरमा भेटाएको थियो l

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेल भोलि मलेसियाको समना गर्नेछ l  ( पुरा खेल तालिका )

प्रतियोगिताको बिजेता टिम न्युजिल्याण्डमा २०१८ जनवरीमा संचालन  हुने यु-१९ बिश्वकप खेल्न छनौट हुनेछ l प्रतियोगितामा अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुर सहभागी छन् l





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]