नेपाली बलिङ सामू चलेन बंगलादेशको ब्याटिङ, १०६ रनमा नै अल आउट

२०८१ असार ४, सोमबार ०६:५४

काठमाडौं । नेपाली बलर सामू खुलेर खेल्न नसक्दा बंगलादेश वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको टी-२० विश्वकपमा बंगलादेश १ सय ६ रनमा अल आउट भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १९ दशमलब ३ ओभरमा अल आउट हुनु अघि १ सय ६ रन मात्र बनायो ।

बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए । महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए ।

यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी-२० आईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले ५४ खेलमा १ सय विकेट पूरा गरेका हुन् । बंगलादेशका जाकर अलिको विकेट लिदै सन्दीपले १ सय विकेट पूरा गरेका थिए ।

नेपालका लागि टी२० आईमा १ सय विकेट पूरा गर्ने सन्दीप पहिलो खेलाडी हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy