नेपालको दोश्रो विकेट पतन

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले थाईल्याण्डसंग खेलीरहेको छ ।

नेपालले १९ ओभर सकिंदा ९७ रनमा २ विकेट गुमाएको छ l ओपनर सन्दिप सुनार ३२ तथा आसिफ शेख २१ रन बनाएर आउट भएका छन् l सन्दिपले ५७ बलमा ३ चौका प्रहार गरेका थिएय् भने आसिफले २६ बलमा २ चौका प्रहार गरे l

अहिले क्रिजमा अनिल सह ३८ रन बनाएर खेल्दै छन् जसले २ चौका र १ छक्का प्रहार गरेका छन् l दिपेन्द्र ऐरी २ रनमा ब्याटिंग गर्दै छन् l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy