नेपाललाई सुरुवातमै ४ विकेट, पहिलो बलमै विकेटबाट सुरुवात

Sandeep Lamichhane celebrating wicket

नेपालले दिएको २८२ रनको लक्ष पछ्याउने क्रममा थाईल्याण्डले सुरुवाती ओभरमै ४ विकेट गुमाएको छ l

नन्दन यादबले इनिंगको पहिलो बलमै सुवत रस्टनमुएकुलको विकेट लिंदै थाईल्याण्डको विकेट पटक सुरुवात गरेका थिए l त्यसपछि दोश्रो ओभरमा बलिंग गर्न आएका किशोर महतोले पनि अगम संजय शाहलाई पेभेलियनको दिशा देखाएपछि थाईल्याण्डले  दोश्रो विकेट गुमाएको थियो l

चौथो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले कामरोन सेनामोनट्रेलाई बोल्ड आउट गरेपछि तेश्रो विकेट गुमाएको थाईल्याण्डले लगतै सन्दिपको ओभरमा सुत्तिसनलाई पनि गुमाएपछि छैठौं ओभरको खेल चल्दै गर्दा थाईल्याण्डको स्कोर १७/४ रहेको छ l

सन्दिपले २ तथा किशोर महतो र नन्दन यादबले १-१ विकेट हात पारिसकेका छन् l

यस अघि नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाई २८१ रन बनाएको l

टस हारेर ब्याटिंग गरेको नेपालको लागि अनिलले तेश्रो नम्बरमा ब्याटिंग गर्दै ९१ रन बनाउन मात्र ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए l

नेपालको लागि पाचौ नम्बरमा ब्याटिंग गरेका प्रनित थापाले पनि अर्धशतकीय योगदान दिए l थापाले ६१ बलमा ३ चौका र १ छक्का प्रहार गरे l

सन्दिप सुनारले ३२, आसिफ शेखले २१, दिपेन्द्र ऐरीले २२, रोहित पौडेलले २८ रन योगदान दिए l पवन सर्राफले इनिंगको अन्तिममा २ छक्का मदातले २२ रन बनाउदै अविजित रहेका थिए l

नेपालले अतिरिक्तको रुपमा १३ रन पाएको थियो l

थाईल्याण्ड बलर पायुपथ संगनर्डले सर्बाधिक ३ विकेट हात पारे l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसीया कप खेल्न छनौट हुनेछ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक  , स्कोरकार्ड हेर्नुस 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

( फिचर फोटो – फाइल ) 

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]