नामिबियासँग नेपाल ६ विकेटले पराजित

काठमाडौं। नेपाल वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको पहिलो खेलमा नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो।

नेपालले दिएको ९३ को लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रन बनाएको थियो। तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भएको हो।

नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाएकी थिइन्। ३५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्।

जुरियन डियर्गार्ड्ट १३ रनमा अविजित रहँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल बनाएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy