नेपाल यु-१९ एसिया कप खेल्न छनौट, टेस्ट रास्ट्रहरुसंग खेल्ने

  • विकेटनेपाल, असोज १ 

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जितेपछि नेपाल मलेसियामा नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट भएको छ ।

यु-१९ एसिया कपमा एसियाली टेस्ट रास्ट्रहरु खेल्नेछन्। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार प्रतियोगिता आयोजना गर्ने मलेसिया स्वतः प्रतियोगिता खेल्न छनौट हुनेछ । एसीसी यु-१९ पश्चिम क्षेत्र प्रतियोगिताको बिजेता टिमले पनि यु-१९ एसिया कपमा सहभागिता जनाउन पाउने छ।

नयाँ टेस्ट रास्ट्र अफगानिस्तान सहित कुल ८ टिम प्रतियोगितामा सहभागी हुने जानकारी विकेटनेपाललाई प्राप्त भए पनि एसियन क्रिकेट काउन्सिलले अधिकारीक रुपमा घोषणा भने गरेको छैन । २०१६ डिसेम्बरमा आयोजना भएको यु-१९ एसिया कपमा ८ टोलि सहभागी थिए ।

नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्न हंगकंगलाई फाइनलमा ५ विकेटले तथा सेमीफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

हंगकंगलाई पराजित गर्दै नेपाल च्याम्पियन

हंगकंगलाई ५ विकेटले पराजित गर्दै नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै नेपाल नोभेम्बरमा मलेसियामै आयोजना हुने यु-१९ एसिया कप खेल्न समेत छनौट भएको छ ।

पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको ७७ रनको लक्ष नेपालले ५ विकेट गुमाई पुरा गर्यो ।   ( स्कोरकार्ड )

प्रनित थापाले अविजित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।  प्रनितले लगातार २ छक्का प्रहार गरि जितसम्म पुर्याएका थिए ।

लक्ष पछ्याउने क्रममा नेपालले ६३ रनको स्कोरमा पहिलो ५ विकेट गुमाएको थियो । ओपनर सन्दिप सुनार १९, आसिफ शेख १ तथा अनिल शाह १६ रन बनाएर आउट भएका थिए । त्यसपछि दिपेन्द्र ऐरी २२ तथा सुमित महर्जन ० रनमै आउट भएका थिए ।

हंगकंग ओपनिंग बलर करानदिप सिंहले सर्बाधिक ३ विकेट लिंदै नेपालको सुरुवात खराब बनाएका थिए । यस्तै झठाभेदले २ विकेट हात पारे ।

किनरारा ओभल मैदानमा टस जितेको नेपालले फिल्डिंग गर्ने निर्णय गरेको थियो ।

नेपालको लागि शाहब आलम र सन्दिप लामिछानेले समान ३-३ विकेट दिलाए । यस्तै अनिल शाह र दिपेन्द्र ऐरीले १-१ विकेट आफ्नो नाम गरेका थिए ।

हंगकंगको लागि ओपनिंग ब्याट्सम्यान हरप्रित सिंहले सर्बाधिक २० रन बनाएका थिए भने झठाभेदले १६ र वकास खानले १५ रन बनाएका थिए ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]