१४ फोटोमा हेर्नुस बंगलादेश बिरुद्ध नेपालको ऐतिहासिक जित

  • विकेटनेपाल, कार्तिक १९

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमण अन्तर्गत तेश्रो एकदिवसीय खेलमा नेपाली युवा टिमले बंगलादेश यु-१९ क्रिकेट टिमलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो।

टस जितेर ब्याटिंग गर्दै बंगलादेशले दिएको २२६ रनको लक्ष नेपालले २१ बल बाँकी चाडै मात्र ४ विकेट गुमाई पुरा गरेको थियो ।

नेपालको जितमा म्यान अफ द म्याच समेत चुनिएका आसिफ शेखले ९० रनको शानदार इनिंग खेलेका थिए। त्यस क्रममा आसिफले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। ओपनिंग जोडीकोरुपमा आसिफ र जितेन्द्र सिंह ठकुरीले १३९ रनको बिशाल साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए।

नेपालको लागि बलिंग तर्फ शाहब आलमले सर्बाधिक ३ विकेट तथा अनिल शाहले २ तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारेका थिए ।

स्कोरकार्ड

बंगलादेशसंगको ऐतिहासिक जितहरु फोटोमा हेर्नुस 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]