सन्दिपको उत्कृस्ट बलिंग र अनिल साहको आक्रमणमा नेपालद्वारा मलेसिया सहजै पराजित

sandeep lamichhane

सन्दिप लामिछानेले ५ विकेट हात पारेपछि नेपाल यु-१९ क्रिकेट टिमले मलेसिया यु-१९ टिमलाई ८ विकेटले सहजै पराजित गरेको छ l

बायुमास ओभलमा यु-१९ युथ एसिया कपको तेश्रो खेल वर्षाले ढिला सुरु भएको थियो जसकारण खेल २४ ओभरको इनिंगमा झारिएको थियो l निर्धारित समय भन्दा ५ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जित्यो र पहिले बलिंग गर्ने निर्णय गर्यो l

लगातार पानि परेपछि रोकिएको मौसमको नेपालले फाइदा उठायो र लगातार विकेट लिंदै मलेसियालाई ४५ रनमै खुम्च्यायो l

४६ रनको लक्ष नेपालले ५.२ ओभरमै भेटायो l

नेपालको लागि अनिल साहले ३ छक्का र १ चौका प्रहार गर्दै १५ बलमा २६ रन योगदान दिए l यस्तै दिपेन्द्र ऐरीले ३ बलमा २ छक्का मदतले १२ रन बनाए l आसिफ शेखले १४ बलमा ४ रन बनाएर विकेट गुमाए l

मलेसियालाई पराजित गरेपछि यु-१९ युथ एसिया कपमा ३ खेल खेलेपछि नेपालले २ जित र १ हार सहित ४ अंक रहेको छ l भारत र बंगलादेश बीच जारि समुहको अन्तिम खेलमा आउने नतिजाले अब यो समुहबाट को सेमीफाइनलमा पुग्ने निर्धारण गर्नेछ l यदी भारतले बंगलादेशलाई जितेमा नेपाल र भारत बीच नेट रनरेटमा अघि हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ l

नेपालको लागि बलिंगतर्फ  सन्दिप लामिछानेले सर्बाधिक ५ विकेट तथा दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरेका छन् l यस्तै अनिल कुमार शाहले १ विकेट हात पारे l

सन्दिपले ४.३ ओभर बलिंग गर्दै ८ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् l यस्तै कप्तान दिपेन्द्र ऐरीले २ ओभरमा १ मेडन ओभर सहित १ रन दिएर २ विकेट लिए भने शाहब आलमले ३ ओभरमा ३ रन खर्चदै २ विकेट आफ्नो नाम गरे l

अंकतालिकामा  नेपालको २ जित र  १ हार रहेको छ भने भारतको १ जित र १ हार l

यो अवस्थामा यदी बंगलादेशले भारतलाई पराजित गरे र नेपालले खेल जिते नेपाल स्वतः सेमीफाइनल प्रवेश गर्नेछ l यदी भारतले बंगलादेशलाई तथा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेट रनरेटको आधारमा फैसला हुनेछ l

यदी नेपालले खेल जित्यो तथा भारत-बंगलादेश खेल बराबरीमा रोकियो भने नेपाल सेमीफाइनल प्रवेश गर्नेछ l

भारतले बंगलादेशसंग जारि खेलको पहिलो इनिंगमा ब्याटिंग गर्दै निर्धारित ३२ ओभरमा १८७ रनको स्कोर खडा गरेको छ l





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]