सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

Kishor Mahato after taking wicket
  • विकेटनेपाल, २९ भदौ 

सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । ( स्कोरकार्ड )

प्रतियोगितामा लगातार ३ खेल जित्दै नेपाल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो ।  नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले, दोश्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालले सेमीफाइनलमा शनिबार समुह ‘बि’ को उपबिजेतासंग खेल्नेछ ।  मलेसिया र हंगकंग बीचको खेलको उपबिजेतासंग नेपालले खेल्नेछ ।

सिंगापुरले दिएको ६८ रनको लक्ष नेपालले १३.४ ओभरमै पुरा गर्दै सहज जित हात पार्यो l

नेपालको लागि सुमित महर्जनले अविजित १० र सन्दिप जोराले अविजित ७ रन बनाउदै जित सम्म पुर्याएका थिए । ओपनर सन्दिप सुनारले २०, आसिफ शेखले ६ तथा अनिल शाहले १८ रन बनाएर विकेट गुमाएका थिए ।

पवन सर्राफ एक्लैले ६ विकेट हात पारे

सिंगापुरका बलर अभि दीक्षितले २ विकेट र अंश भार्गबले १ विकेट हात पारेका थिए ।

खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरलाई नेपालले ६७ रनमै अलआउट गरेको थियो ।

नेपालको लागि अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिंग गर्दै ६ विकेट हात पारे । उनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन खर्चिएका थिए ।

यस्तै ओपनिंग बलर किशोर महतोले २ सुरुवाती विकेट हात पारेका थिए । दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले १-१ विकेट आफ्नो नाम गरे ।

सिंगापुर ब्याट्सम्यान सिद्धान्त र अर्यमान उचिलले समान २०/२० रन योगदान दिएका थिए । उचिलले २ छक्का समेत प्रहार गरे भने सिद्धान्तले १ छक्का र १ चौका प्रहार गरेका थिए ।

खेलको म्यान अफ द म्याच पवन सर्राफसंग कुराकानी 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]