नेपालले अफगानिस्तानलाई पराजित गर्न सक्ने ४ कारण

  • विकेटनेपाल, ४ साउन

सिंगापुरमा जारि यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिताको तेश्रो खेलमा नेपालले बिहिबार बिहान ७:१५ बजे अफगानिस्तानको सामना गर्दैछ l

प्रतियोगितामा खेलेको पहिलो २ खेलमा अफगानिस्तान र नेपालले जित हात पार्दै अंकतालिकामा ४/४ अंक बटुलेको छ l नेट रनरेटको आधारमा अफगानिस्तान नेपालभन्दा अघि रहेको छ l अंकतालिका हेर्नुस 

न्युजिल्याण्डमा २०१८ जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा छनौट हुन प्रतियोगिताको बिजेता टिमले मात्रै मौका पाउने छ l प्रतियोगितामा खेलेको दुवै खेल हार्दै कमजोर देखिएको मलेसिया र सिंगापुरको तुलनामा नेपाल र अफगानिस्तान यु-१९ बिश्वकपमा स्थानको लागि दाबेदार देखिएका छन् l प्रतियोगितामा सहभागी ४ टिमले एकअर्का बिरुद्ध २/२ खेल गरि कुल ६ खेल खेल्नेछ l

भर्खरै टेस्ट मान्यता पाउदै उच्च हौसलामा रहेको अफगानिस्तान नेपाललाई पराजित गर्दै आफुलाई उमेर समुह पनि उत्कृस्ट साबित गर्ने सोचमा छ l अर्को तिर यु-१९ स्तरमा ठुला क्रिकेट रास्ट्रहरुलाई बारम्बार पराजित गरेको इतिहास बोकेको नेपाल पनि अफगानिस्तानलाई स्तब्ध बनाउने धुनमा छ l

प्रतियोगितामा नेपालले आफ्नो दुवै खेलमा जित हात पारेपनि झिनो लक्ष पछ्याउन संघर्ष गरिरहेको छ l  पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष पछ्याउन नेपालले ६ विकेट गुमाएको थियो भने दोश्रो खेलमा मलेसियाले दिएको ५९ रन बनाउन ५ विकेट गुमाउनु परेको थियो l उता अफगानीस्तानले पहिलो खेलमा मलेसियाले दिएको ५४ रनको लक्ष २ विकेट गुमाई ५.४ ओभरमै पछ्याएको थियो भने दोश्रो खेलमा सिंगापुरले दिएको ९३ रनको लक्ष मात्र ३ विकेट गुमाई १७ ओभरमा पुरा गरेको थियो l स्कोरकार्डहरु हेर्नुस 

नेपालले खेलेको दुवै खेलको विश्लेषण गर्दा अफगानिस्तान भन्दा नेपाली ब्याट्सम्यानहरु बढी संघर्ष गरिरहेका छन् तर बलिंग पक्ष दुवैको मजबुत देखिएको छ l तुलनात्मक रुपमा हेर्दा विश्लेषण गर्दा अफगानिस्तान केहि बलियो देखिएको छ l

दुवै रास्ट्रले यु-१९ स्तरमा खेलेको पछिल्लो ३ खेलको विश्लेषण गर्ने हो भने पनि अफगानिस्तान निकै माथि छ l २०१५ को एसीसी यु-१९ प्रतियोगितामा नेपाललाई अफगानिस्तानले १० विकेटले पराजित गरेको थियो भने त्यसअघि सन् २०१५ को एसीसी यु-१९ मा पनि अफगानीस्तान ५ विकेटले बिजयी भएको थियो l सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा भने नेपालले अफगानिस्तानलाई ४२ रनले पराजित गरेको थियो जुन आजभन्दा ६ बर्ष अघि थियो l

तथ्यहरुमा अफगानिस्तान बलियो देखिएपनि निम्न कारणहरु छन् जसकारण नेपाल अफगानिस्तान बिरुद्ध जित हात पार्न सक्छ l

पिच

सिंगापुरमा जारि प्रतियोगितामा प्रयोग गरीएको २ वटा पिचमा खेलिएको हालसम्म खेलीएको ४ खेलको विश्लेषण गर्ने हो भने ४ वटै खेलमा निकै कम स्कोर बनेको छ l सबै ४ खेलमा १०० भन्दा कमको स्कोर बनेको छ l ४ वटा खेलमा पहिले ब्याटिंग गर्ने टिमले क्रमशः ५३, ७७, ९२ र ५८ रन बनाएका छन् l सबै खेलमा कम रन बन्नुको कारण पिचनै हो l स्पिनरहरुले निकै मदत पाईरहेको सिंगापुरे पिचमा बल धेरै घुमीरहेको छ l यस कारण कुनै ब्याट्सम्यानहरुलाई पिच टाउको दुखाईको कारण बनिरहेको छ l त्यसमाथि पनि पहिले ब्याटिंग गर्ने टिमहरुले ठुलो स्कोर बनाउन सकेका छैनन् l

नेपाल र अफगानिस्तान बीचको खेल पहिलो २ खेल जितेको सिंगापुर क्रिकेट क्लब, पदंग मैदानको पिचमा खेल्नेछ  जसमा अफगानिस्तानले आफ्नो पहिलो खेल खेल्नेछ l नेपालले यो पिचलाई राम्रोसंग बुझेको छ भने ब्याट्सम्यानलाई निकै मुस्किल भइरहेको पिचमा फर्ममा रहेका नेपाली स्पिनरहरुलाई खेल्न अफगानिस्तानलाई पक्कै सहज हुनेछैन l अफ्टेरो पिचको फाइदा नेपाली खेलाडीहरुले उठाउदैं नेपालले खेल आफ्नो पक्षमा पार्न सक्छ l

टस महत्वपूर्ण

नेपालले आफ्नो दुवै खेलमा टस जितेको थियो र खेल पनि l यो हिसाबले पुनः नेपालले टस जितेको खण्डमा अफगानीस्तानलाई पहिले ब्याटिंग गर्ने निम्तो दिए पक्कै पनि नेपालले बढी फाइदा लिन सक्नेछ l अफगानीस्तानले खेलेको दुवै खेलमा दोश्रो ब्याटिंग गरेको थियो जसकारण पनि नयाँ पिचमा पहिले ब्याटिंग पाउने हो भने मुस्किल हुनसक्नेछ l नेपालले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिंगको निम्तो दिंदै थोरै स्कोरमा समेट्ने हो भने नेपालले खेल जित्न सक्छ l

सन्दिपको फर्म 

सिंगापुर र मलेसियासंग ५/५ विकेट लिएका सन्दिप उत्कृस्ट लयमा छन् l दुवै खेलमा ब्याट्सम्यानहरुलाई सन्दिपको बल खेल्न फलामे चिउरा साबित भएको थियो l आफ्नो बलिंगले बिश्वस्तरमा छाप छोड्न सफल टिम कप्तान सन्दिपलाई खेल्न अफगानिस्तानलाई पनि पक्कै सहज हुनेछैन l पदंग मैदानको पिचमा सन्दिपको बल अझ बढी घुमिरहेको हुँदा सन्दिप चम्किए नेपालले खेल जित्न सक्छ l

सन्दिप लामिछानेले २ खेलमा १० विकेट लिईसकेका छन्

बलिंग पक्ष बलियो 

नेपालले प्रतियोगिताको पहिलो २ खेलमा सिंगापुरलाई ७३ रन तथा मलेसियालाई ५८ रनमानै समेट्न सफल भएको थियो l दुवै खेलमा नेपालले सुरुवात देखि उत्कृस्ट बलिंग गरेको थियो l तिब्र गति बलर किशोर महतोले दुवै खेलमा राम्रो सुरुवात दिलाउदै सुरुवाती विकेट दिलाएका थिए भने त्यसपछि स्पिनरहरुको सामना गर्नु ब्याट्सम्यानहरुको लागि अत्यन्त मुस्किल बनेको थियो l

                               नेपाली बलरहरुको प्रदर्शन            WicketNepal.com
नाम सिंगापुर बिरुद्ध मलेसिया बिरुद्ध
सन्दिप लामिछाने ५ विकेट ( ८-२-२१-५ ) ५ विकेट ( ८.५-१-१७-५ )
शाहब आलम ३ विकेट ( ६-१-१२-३ ) ६-१-१०-०
पवन सर्राफ ४-१-६-० ३ विकेट ( ३-१-९-३ )
किशोर महतो २ विकेट ( ६-३-२५-२ ) १ विकेट ( ५-०-९-१ )
रोहित पौडेल ५-१-८-० १-०-६-०
सन्दिप सुनार १ विकेट ( २-०-३-१ )

सन्दिप लामिछानेले २ खेलमा १० विकेट लिईसकेका छन् भने स्पिनर शाहब आलम र पवन सर्राफ पनि राम्रो लयमा देखिएका छन् l आलमले सिंगापुरसंग ३ विकेट लिएका थिए भने सर्राफले मलेसियासंग ३ विकेट लिएका थिए l २ वटै खेलमा नेपाली बलिंग पक्ष बलियो देखिएको थियो जुन कायम भए अफगानिस्तानलाई पराजित गर्न सकिन्छ l

यी कारणहरु बाहेक नेपालको ब्याटिंग क्रम लामो र बलियोहुनु पनि अफगानिस्तानको टाउको दुखाई बन्न सक्छ l पहिलो २ खेलमा ब्याटिंग खासै चल्न नसके पनि नेपाली टिमको ब्याटिंग क्रम मजुबत र लामो पनि छ l दिपेन्द्र ऐरी, सन्दिप सुनार, प्रनित थापा, आसिफ शेख, अनिल साह स्तरीय ब्याट्सम्यानहरु हुन् भने त्यसपछि अलराउण्डरको रुपमा रहेका पवन सर्राफ र रोहित पौडेल पनि राम्रो ब्याट्सम्यान हुन् l यो हिसाबले विकेट गुमाएपनि तल्लो क्रमसम्म रहेको नेपाली ब्याट्सम्यानहरु अफगानिस्तानको लागि टाउको दुखाइ बन्न सक्छ l प्रनित थापा राम्रो लयमा छन् भने आसिफ शेख, सन्दिप सुनार, अनिल साह, रोहित पौडेल जस्ता ब्याट्सम्यानहरु बिपक्षीको लागि खतराको घन्टी बन्ने क्षमता राख्छन् l

माथिका कारणहरुले नेपालले पक्कै पनि अफगानिस्तानलाई पराजित गर्न सक्छ l बिश्वकप छनौटको लागि महत्वपूर्ण यो खेल पक्कै रोमान्चक हुने अनुमान भने गर्न सकिन्छ l

लेखक बिराट रायलाई Twitter मा पछ्याउन सक्नुहुन्छ

धेरैले पढेको अन्य लेख :-





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]