कसिलो बलिंग गरेपछि नेपाललाई २२८ रनको लक्ष

२०७४ कार्तिक १८, शनिबार ००:००

Laxmi Chaudhary
  • विकेटनेपाल, कार्तिक १८ 

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेश यु-१९ ले नेपाललाई २२८ रनको लक्ष दिएको छ।

बंगलादेश क्रिरा शिक्खा मैदानमा जारि खेलमा नेपाली बलरहरुले अनुशासित बलिंग गरे भने फिल्डिंग पक्ष पनि सबल रह्यो। बंगलादेश यु-१९ का ४ जना ब्याट्सम्यानहरुलाई नेपालले रनआउटको रुपमा पेभेलियन फर्काएको थियो।

पुरा ५० ओभरमा २२७/८ को स्कोर बनाएको घरेलु टिमको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका सैफ हसनले सर्बाधिक ६२ ( ११५ बल, ४ चौका /१ छक्का ) तथा पाँचौ नम्बरमा ब्याटिंग गरेका अफिफ हुसेनले ५९ रन ( ६७ बल, २ चौका , ४ छक्का ) को योगदान दिएका थिए।

नेपालको लागि सन्दिप लामिछाने र कप्तान दिपेन्द्र ऐरीले २/२ विकेट दिलाए। पहिलो खेलमा पनि ४ विकेट हात पारेका सन्दिपले १० ओभर बलिंग गर्दै ३७ रन खर्चिए भने ऐरीले १० ओभरमा मात्र ३४ रन खर्चिएका थिए। अन्य बलरहरु भने विकेट लिन सफल रहेका थिए।

हेर्नुस स्कोरकार्ड 

नेपाली युवा टिमले पहिलो खेलमा राम्रो प्रदर्शनका बाबजुत ३ विकेटको हार बेहोरेको थियो । भ्रमण अन्तर्गत नेपालले तेश्रो खेल नोभेम्बरआईतबार खेल्नेछ।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy