नेपाल आईसीसीको एकदिवसीय वरियतामा पहिलो पटक समावेश

  • विकेटनेपाल, माघ-१४ , सोमबार 

नेपाली क्रिकेट टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रहरुको वरियतामा समाबेश भएको छ।

नेपालले युएईसंग खेलेको ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सकिने बितिकै आईसीसीले आफ्नो अधिकारिक वेबसाइट ICC-Cricket.Com मा नेपाललाई वरियतामा राखेको हो।

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियता अनुसार नेपाल १५ औं स्थानमा रहेको छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक र १५ रेटिंग पाएको छ।

नेपाल भन्दा अघि १४ औं स्थानमा युएई, १३ औं स्थानमा स्कटल्याण्ड, १२ औं स्थानमा आयरल्याण्ड रहेको छ। आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा क्रमश: भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान र जिम्बाबे क्रमश १ देखि ११ औं स्थानमा रहेका छन्।

नेपालले गत वर्ष मार्चमा बिश्व कप छनौट प्रतियोगितामा त्यति बेला एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका देशहरु बिरुद्ध खेलेको खेलहरुपनि जोड्दै आईसीसीले वरियता सार्वजनिक गरेको हो। नेपालले त्यस प्रतियोगितामा जिम्बाबे, पपुवा न्यु गिनी, हंगकंग र स्कटल्याण्डसंग खेलेको खेल पनि आईसीसीले जोडेको छ।

२०१८ आईसीसी बिश्व कप छनौटमा खेलेको ४ खेल, गत वर्ष अगस्टमा नेदरल्याण्डसंग खेलेको २ खेल, एसिया कप छनौटमा गत वर्ष युएईसंग खेलेको १ खेल र जारि सिरिजमा युएईसंग खेलेको ३ खेल गरि नेपालले १० वटा खेल खेलेको हो। मार्चमा आईसीसी मान्यता पछि नेपालले मात्र ३ वटा खेलमा जित दर्ता गरेको छ। नेदरल्याण्डसंग गत वर्ष अगस्टमा २ वटा खेलको सिरिज अन्तर्गत दोश्रो खेलमा १ रनले जित हाँसिल गर्दै नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो।

नेपालले सन् २०१४ मा टि-२० बिश्व कप छनौट खेल्दा पहिलो पटक आईसीसीको टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो जसपछि २०१५ को टि-२० बिश्वकप छनौटमा पराजित हुँदा नेपालको मान्यता गुमेको थियो।

सन् १९४६ मा नेपाल क्रिकेट संघ स्थापना भएको थियो जुन नेपालमा स्थापना भएको पहिलो खेलकुद संस्था थियो।

Photo – Thenational.ae

नेपालले सन् १९८८ मा आईसीसीको अफिलीएट र १९९६ मा एसोसीएट राष्ट्रको मान्यता पाएको थियो। सोहि वर्ष मलेसियामा सम्पन्न एसीसी ट्रफीमा बंगलादेशसंग खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरुवात गरेको थियो। त्यस प्रतियोगितामा नेपाललाई जापान बिरुद्ध पहिलो जित दर्ता गरेको थियो।

सन् २०१४ को टि-२० बिश्वकप सहभागिता र २०१८ मा एकदिवसीय राष्ट्रको मान्यता पाउनु नेपाली क्रिकेट टिमको सबैभन्दा ठुलो उपलब्धि मानिएको छ।

युएईसंग नेपालले खेलेको ३ वटा एकदिवसीय सिरिजमा २ वटामा जित र एउटामा हार बेहोरेको नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित हो। यस क्रममा नेपालका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी बने भने दोश्रो खेलमा ५ विकेट लिएका सोमपाल पनि पहिलो खेलाडी बने। यस्तै दोश्रो एकदिवसीयमा अर्धशतक बनाए पछि रोहित पौडेल सचिन र शहिद अफ्रिदीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमै अर्धशतक बनाउने कान्छा खेलाडी बनेका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]