भारतलाई पछि पार्दै नेपाल युथ एसिया कपको सेमीफाइनलमा

  • विकेटनेपाल, २८ कार्तिक

भारतीय यु-१९ टिमलाई पछि पर्दै नेपाली यु-१९ टिम यु-१९ युथ एसिया कपको सेमीफाइनल प्रवेश गरेको छ ।

मलेसियामा जारि प्रतियोगितामा नेपालले  मलेसिया बिरुद्धको जित्ने पर्ने खेल ८ विकेटले सहजै जित हात पार्दै ३ खेलमा २ जित सहित ४ अंक बटुलेको थियो।

जितपछि नेपाल सेमीफाइनलमा पुग्न भारतलाई बंगलादेशले पराजित गर्नुपर्ने परिस्थिति थियो। त्यस्तै पनि भयो र समुह ‘ए’ को अन्तिम खेलमा भारतलाई बंगलादेशले पराजित गरेपछि नेपालको सेमीफाइनलमा स्थान पक्का भएको थियो।

नेपालले सेमीफाइनल खेलमा समुह ‘बि’ को बिजेता अफगानिस्तानको सामना गर्ने छ खेल शुक्रबार ( नोभेम्बर १७ ) किनरारा मैदानमा हुनेछ

बंगलादेशले समुह चरणमा ३ वटै खेलमा जित हात पार्यो र समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो । नेपालले बंगलादेशसंग २ विकेटले पराजय बेहोरेपछि भारत र मलेसियालाई पराजित गर्दै कुल ४ अंक बटुली समुह ‘ए’ उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाउन सफल भयो।

प्रतियोगितामा भारतले खेलेको ३ खेल मध्ये मलेसियासंग १ खेल मात्रै जित्न सक्यो र समुह चरणबाटै बाहिरिन पुग्यो। राहुल द्रविडको प्रशिक्षण रहेको भारतीय टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन टिम समेत हो ।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको १८७ रनको जवाफमा ब्याटिंग गरेको बंगलादेशले उक्त लक्ष मात्र २ विकेट नोक्सानीमा २८ ओभरमा पुरा गर्दै जित हात पारेको हो । बंगलादेशको जितमा पिनक घोषले सर्बाधिक अविजित ८१ रनको योगदान दिएका थिए जसमा ३ छक्का र ६ चौका सामेल थियो। यस्तै तहिड रिडोएले पनि अविजित ४८ रन योगदान दिए जसमा ४ छक्का र ४ चौका सामेल थियो।

नेपालले आज सम्पन्न खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो जुन क्रममा टस जितेर पहिले बलिंग गर्दै मलेसियालाई ४५ रनमै समेटेको थियो। ४६ रनको लक्ष नेपालले २ विकेट गुमाई मात्र ५.२ ओभरमा लक्ष पुरा गरेको थियो।

नेपालको जितमा म्यान अफ द म्याच सन्दिप लामिछानेले ५ विकेट लिएका थिए भने दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरेका थिए। लक्ष पछ्याउने क्रममा अनिल शाहले आक्रामक ब्याटिंग गर्दै अविजित २६ रन योगदान दिएका थिए।

नेपालले यस अघि पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हार बेहोरेको थियो भने आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो।

 

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]