नेदरल्याण्ड बिरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको उपाधिको लागि शनिवार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुरु हुनेछ।

सिरिजको समुह चरणमा नेपाल ३ जित र १ हार बेहोर्दै शिर्ष टिमको रुपमा तथा नेदरल्याण्ड २ जित, १ हार र १ बराबरी नतिजा पछि उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो। लिग चरणमा नेपाल र नेदरल्याण्ड बीच खेलिएको २ खेलमा दुवै टिमले एक अर्का बिरुद्ध १/१ जित दर्ता गरेको थियो। मलेसिया जितविहिन रहँदै सिरिजबाट बाहिरियो।

सिरिजमा उत्कृस्ट ब्याटिंग प्रदर्शन गरिरहेको नेपाली टिमको अगाडी नेदरल्याण्डलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हाँसिल गर्ने अवसर रहेको छ। नेपालले फाइनल जिते घरेलु भुमिमा नेपालको यो पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ। अर्कोतर्फ नेपाललाई अन्तिम भेटमा पराजित गरेको नेदरल्याण्ड घरेलु टोलि बिरुद्ध सोहि लय कायम राख्दै उपाधि सहित घर फर्कन चाहन्छ।

पछिल्लो २ खेलको नतिजा 

सिरिजको उद्घाटन खेलमा नेदरल्याण्डलाई नेपालले ९ विकेटले पराजित गर्ने क्रममा नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले व्यक्तिगत अर्धशतक बनाएका थिए भने शतकीय ओपनिंग साझेदारी गर्दै सहज जितमा महत्वपूर्ण योगदान दिएका थिए।

दोश्रो खेलमा भने नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्यो जुन क्रममा नेपालले दिएको २०७ रनको लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। बास डी लिडेले अविजित ८१ तथा बेन कुपरले ५५ रन बनाउदै नेदरल्याण्डको जितको आधार तयार गरे। नेपालको लागि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त हुन सकेको थिएन।

नेपालको बलियो पक्ष 

सिरिजमा नेपालको ब्याटिंग बिपक्षी टिमको लागि टाउको दुखाइ बनिरहेको छ। सिरिजको ४ खेलमा २०१ रन बनाएका कुशल भुर्तेल सर्वाधिक रनकर्ता समेत रहेका छन्। कुशल बाहेक अर्का ओपनर आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसीको लय पनि नेपालको बलियो पक्ष हो। आसिफ र कुशलले उत्कृस्ट ओपनिंग साझेदारी गरिरहेका छन् भने मध्यक्रममा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी र तल्लो क्रममा करन केसीले आक्रामक ब्याटिंग गर्दा नेपालले ठुलो योगफल तयार गर्न सकीरहेको छ।

नेपालको बलिंगमा सन्दिप लामिछाने ४ खेलमा ११ विकेट लिंदै घातक सावित भैरहेका छन्। प्रतिओभर रन धेरै खर्चिएता पनि सन्दिपले कप्तानलाई आवस्यक भएको बेला विकेट दिंदै आएका छन्। त्यस बाहेक फास्ट बलिंगमा सोमपाल कामि पनि राम्रो लयमा देखिएका छन् जसले ४ खेलमा ५ विकेट लिएका छन्।

नेदरल्याण्डको बलियो पक्ष 

नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याएर जित दर्ता गरेको नेदरल्याण्ड पनि बलियो टिम देखिएको छ। नेपालसंग पहिलो खेलमा हार पछि नेदरल्याण्डले बलियो खेल देखाउदै आएको छ। नेदरल्याण्डको ब्याटिंग उत्तिकै बलियो देखिएको छ। सिरिजको दोश्रो सर्वाधिक रनकर्ता म्याक्स ओ डोड उत्कृस्ट लयमा छन् जसले ३ भरमा १५२ रन बनएका छन् जुन क्रममा उनको स्ट्राइक रेट १६५.२२ रहेको छ। यस्तै ४ खेलमा १२९ रन बनएका बेन कुपर, १२२ रन बनएका बास डी लिडेको उपस्थितिले टिमको ब्याटिंग मजबुत देखिन्छ। कप्तान पिटर सिलर पनि आक्रामक ब्याटिंग गरिरहेका छन् भने बलिंगमा पनि अन्य नेदरल्याण्ड बलर भन्दा कसिलो बलिंग गरिरहेका छन्। नेदरल्याण्डको ब्याट्सम्यानहरुलाई रोक्न नेपाली बलरलाई सहज पक्कै हुने देखिदैन।

दुवै टिमको ब्याटिंग भन्दा बलिंग पक्ष कमजोर देखिएको छ। नेदरल्याण्डका अधिकांश बलरहरु सिरिजमा महँगो सावित भैरहेका छन् जसको तुलनामा नेपाली बलर केहि राम्रो देखिएता पनि उत्कृस्ट भने देखिएका छैनन्। त्यसैले फाइनलमा बलिंगमा राम्रो गर्ने टिमको खेल जित्ने सम्भावना बढी हुनेछ।

यो पनि पढ्नुस 

राहुल र गेलको उत्कृस्ट साझेदारी, पन्जाबद्वारा मुम्बई ९ विकेटले पराजित

मलेसियासंग नखेलेका अविनाश कसरि भए प्रशिक्षक व्हाटमोरको लागि ‘म्यान अफ द म्याच’

पाकिस्तान बिरुद्ध जिम्बाब्वेको ऐतिहासिक जित





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]