सेमीफाइनलमा नेपालको भेट अफगानिस्तानसंग

२०७४ कार्तिक २८, मंगलवार ००:००

  • विकेटनेपाल, २८ कार्तिक

यु-१९ युथ एसिया कपको सेमीफाइनल प्रवेश गरेको नेपाली टिमले सेमीफाइनल खेलमा समुह ‘बि’ को बिजेता अफगानिस्तानको सामना गर्नेभएको छ 

अफगानिस्तान र नेपाल बीच सेमीफाइनल खेल शुक्रबार ( नोभेम्बर १७ ) किनरारा मैदानमा हुनेछ। 

नेपाल समुह ‘ए’ को उपबिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो जुन समुहबाट बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको बंगलादेशले बिहिबार पहिलो सेमीफाइनलमा किनरारा मैदानमा पाकिस्तानको सामना गर्नेछ

प्रतियोगिताको फाइनल खेल किनरारा ओभल मैदानमा नोभेम्बर १९ तारिक आइतबार खेलिनेछ

नेपालले प्रतियोगिता अन्तर्गत समुह चरणको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको पराजय बेहोरेपछि भारतलाई १९ रनले तथा मलेसियालाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको हो

अफगानिस्तानले भने पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने श्रीलंकासंग ६१ रनको हार बेहोरेको थियो। जित्ने पर्ने तेश्रो खेलमा अफगानिस्तान आज युएईलाई १३४ रनको बिशाल अन्तरले पराजित गर्दै सेमीफाइनलमा नेपालसंगको भेट पक्का गरेको हो।

समुह ‘बि’ बाट उपबिजेताको रुपमा पाकिस्तान सेमीफाइनल प्रवेश गर्यो भने श्रीलंका र युएई बाहिरियो। यस्तै समुह ‘ए’ बाट भारत र मलेसिया समुह चरणबाट घर फर्किन बाध्य भयो।

भारतलाई पछि पार्दै नेपाल युथ एसिया कपको सेमीफाइनलमा

भारतीय यु-१९ टिमलाई पछि पर्दै नेपाली यु-१९ टिम यु-१९ युथ एसिया कपको सेमीफाइनल प्रवेश गरेको छ ।

मलेसियामा जारि प्रतियोगितामा नेपालले  मलेसिया बिरुद्धको जित्ने पर्ने खेल ८ विकेटले सहजै जित हात पार्दै ३ खेलमा २ जित सहित ४ अंक बटुलेको थियो।

जितपछि नेपाल सेमीफाइनलमा पुग्न भारतलाई बंगलादेशले पराजित गर्नुपर्ने परिस्थिति थियो। त्यस्तै पनि भयो र समुह ‘ए’ को अन्तिम खेलमा भारतलाई बंगलादेशले पराजित गरेपछि नेपालको सेमीफाइनलमा स्थान पक्का भएको थियो।

बंगलादेशले समुह चरणमा ३ वटै खेलमा जित हात पार्यो र समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो । नेपालले बंगलादेशसंग २ विकेटले पराजय बेहोरेपछि भारत र मलेसियालाई पराजित गर्दै कुल ४ अंक बटुली समुह ‘ए’ उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाउन सफल भयो।

प्रतियोगितामा भारतले खेलेको ३ खेल मध्ये मलेसियासंग १ खेल मात्रै जित्न सक्यो र समुह चरणबाटै बाहिरिन पुग्यो। राहुल द्रविडको प्रशिक्षण रहेको भारतीय टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन टिम समेत हो ।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको १८७ रनको जवाफमा ब्याटिंग गरेको बंगलादेशले उक्त लक्ष मात्र २ विकेट नोक्सानीमा २८ ओभरमा पुरा गर्दै जित हात पारेको हो । बंगलादेशको जितमा पिनक घोषले सर्बाधिक अविजित ८१ रनको योगदान दिएका थिए जसमा ३ छक्का र ६ चौका सामेल थियो। यस्तै तहिड रिडोएले पनि अविजित ४८ रन योगदान दिए जसमा ४ छक्का र ४ चौका सामेल थियो।

नेपालले आज सम्पन्न खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो जुन क्रममा टस जितेर पहिले बलिंग गर्दै मलेसियालाई ४५ रनमै समेटेको थियो। ४६ रनको लक्ष नेपालले २ विकेट गुमाई मात्र ५.२ ओभरमा लक्ष पुरा गरेको थियो।

नेपालको जितमा म्यान अफ द म्याच सन्दिप लामिछानेले ५ विकेट लिएका थिए भने दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरेका थिए। लक्ष पछ्याउने क्रममा अनिल शाहले आक्रामक ब्याटिंग गर्दै अविजित २६ रन योगदान दिएका थिए।

नेपालले यस अघि पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हार बेहोरेको थियो भने आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy