नेपाली टिम हिड्यो मलेसिया, भएन बिदाइ कार्यक्रम

  • विकेटनेपाल, भदौ २३ 

मलेसियामा संचालन हुने एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगितामा सहभागिता जनाउन नेपाली टिम बिहान ६ बजे मलेसियातर्फ प्रस्थान गरेको छ।

विदेश भ्रमण गर्नु अघि गरिने औपचारिक बिदाई भने युवा टिमलाई गरिएन। क्रिकेट संघ प्रतिबन्धित अवस्थामा रास्ट्रिय खेलकुद परिषदले बिदाई गर्दै आएता पनि यो पटक टिमलाई वास्ता गर्ने कोहि भएन।

प्रतियोगिताको लागि १४ जना खेलाडी, २ प्रशिक्षक र १ फिजियो गरि १७ जनाको टिम मलेसिया प्रस्थान गरेको छ। यो पटक नेपाली क्रिकेट टिमसंग नियमित ब्यबस्थापकको भूमिकामा रहने रमन शिवाकोटी गएका छैनन् । रास्ट्रिय क्रिकेट टिमसंग पनि रहनुपर्ने तथा व्यक्तिगत व्यस्तताले मलेसिया नगएको शिवाकोटीले विकेटनेपाललाई बताएका छन् l आईसीसीका प्रतिनिधि भेन्कट पति राजुले उनको अनुपस्थितिमा टिम ब्यबस्थापकको भूमिका निभाउने छन् ।

युवा टिमले बुधबार अन्तिम अभ्यास गरेको थियो । बिहिबार बिहान टिम पशुपतिनाथ मन्दिर गएको थियो भने दिउसो पुर्व क्यान अध्यक्ष जय कुमार नाथ शाहको अन्तेष्टिमा पुगेका थिए।

सिंगापुरमा जुलाईमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा खराब ब्याटिंग प्रदर्शन गर्दै बिश्वकप छनौट हुन असफल नेपाली टिमले योपाली नोभेम्बरमा मलेसियामा संचालन हुने यु-१९ एसिया कप छनौट हुन यो प्रतियोगिता जित्नुपर्नेछ। तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टिमहरु रहेका कारण नेपाललाई प्रतियोगिता जित्न कठिनाइ नहुने अनुमान गर्न सकिन्छ।

नेपाली टिमको मुख्य प्रशिक्षक बिनोद दास छन् भने सहायक प्रशिक्षकको रुपमा कलाम अलि पनि मलेसिया जाँदै छन् ।

८ टिम सम्मेलित प्रतियोगितामा नेपाल समुह ‘ए’ मा सिंगापुर, थाईल्याण्ड, भुटानसंगै रहेको छ। समुह ‘बि’ मा मलेसिया, चिन, हंगकंग र म्यानमार रहेका छन् ।

टिमले पहिलो खेल सिंगापुरसंग सेप्टेम्बर ११ तारिकमा खेल्ने कार्यक्रम छ। सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा, तेश्रो खेल सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ । समुह ‘ए’ र ‘बि’ बाट उत्कृस्ट हुने २-२ टिम सेप्टेम्बर १६ मा सेमीफाइनल खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ तारिकमा किनारा ओभल मैदानमा खेलिनेछ जुन खेलको बिजेता यु-१९ युथ एसिया कप खेल्न छनौट हुनेछ ।

नेपाली टिमलाई ब्याटिंग कन्सल्टेन्ट मोन्टि देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए ।

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

( फोटो – सन्दिप जोरा फेसबुक )





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]