नेपालले बंगलादेशसंग खेल्ने

  • विकेटनेपाल, ९ कार्तिक 

नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमले बंगलादेश यु-१९ क्रिकेट टिमसंग ३ वटा एकदिवसीयको सिरिज खेल्ने भएको छ ।

नोभेम्बर ९ देखि मलेसियामा आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारी स्वरूप नेपालले बंगलादेशमा खेल्न लागेको हो । युथ एसिया कपमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, मलेसिया तथा यु-१९ एसिया कप पश्चिम क्षेत्रको बिजेता टिमले सहभागिता जनाउनेछ ।

नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपालसंग कुरा गर्दै नेपालले बंगलादेशमा खेल्ने निश्चित जस्तो भएको जानकारी गराएका छन् । शिवाकोटीका अनुसार नेपालको पहलमा सिरिज खेल्न लागिएको र बंगलादेशले सहजै स्वीकार गरेको हो ।

भ्रमणको लागि नेपाली युवा टिम ३० अक्टोबरमा ढाका पुग्नेछ र नोभेम्बर २, ४ र ५ तारिकमा गरि ३ वटा खेल खेल्नेछ ।

भ्रमणको लागि नेपाली युवा टिम ३० अक्टोबरमा ढाका पुग्नेछ र नोभेम्बर २, ४ र ५ तारिकमा गरि ३ वटा खेल खेल्नेछ ।

३ वटा अभ्यास खेल पछि नेपाली टिम नोभेम्बर ६ तारिकमा स्वदेश फिर्ता हुनेछ। त्यसलगतै नेपाली टिम यु-१९ युथ एसिया कप खेल्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको लागि तथा युथ एसिया कपको लागि नेपाली टिमको घोषणा आज भोलिमा हुने शिवाकोटीले जानकारी गराएका छन्।

नेपाली टिम यतिबेला प्रतियोगिताको तयारीको लागि टियु मैदानमा अभ्यासरत छ। गत महिना मलेसियामा सम्पन्न एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्दै नेपाल यु-१९ एसिया कप खेल्न छनौट भएको थियो ।

सन् २०१६ मा श्रीलंकामा भएको यु-१९ युथ एसिया कपमा नेपालले पछिल्लो पटक सहभागिता जनाएको थियो जसको पहिलो चरणबाट नेपाल बाहिरिएको थियो । त्यस क्रममा नेपाल श्रीलंकासंग १ रनले पराजित हुँदै दोश्रो चरण प्रवेश गर्न चुकेको थियो ।

 

 

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy