त्रिकोणात्मक सिरिज खेल्न नेपाली टिम सिंगापुर प्रस्थान

जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज तथा त्यसपछि ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुर प्रस्थान गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले खेलाडीहरुलाई विदाई गर्नु भयो।

टिम राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतर्फ प्रस्थान गर्नेछ। आजै सन्दिप लामिछाने पनि वेस्ट इन्डिजबाट सिंगापुर हिडीसकेका छन् र भोलि बिहानै पुग्नेछन्।

नेपालले सेप्टेम्बर २७ तारिक अर्थात यही शुक्रबार जिम्बाबेसंग खेल्दै त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्नेछ। खेलतालिका

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवालले खादा ओडायर टिमलाई विदाई गर्नु भयो। विदाई कार्यक्रममा डेढ घण्टा ढिला पुगेका सिलवालले खेलाडीलाई सुभकामना दिए। यस्तै उनले मन्तब्य राख्ने क्रममा क्रिकेट संघको आसन्न चुनावको बारेमा निकै बेर बोले।

“अक्टोबर १३ मा आईसीसीको मिटिंग छ। म ९९.९ प्रतिशत नेपालको प्रतिबन्ध फुकुवा हुने देख्छु। क्रिकेट संघको १० र ११ गते हुने निर्वाचनले नेपाली क्रिकेटलाई एउटा दिशा दिनेछ जसपछि क्रिकेटले एउटा गति लिन्छ।”

“यो प्रतिबन्धको अबधिमा क्रिकेट बचाएको खेलाडी र खेल प्रेमीहरुले हो त्यसैले उनीहरुलाई स्यालुट गर्नुपर्छ।”

“क्रिकेट बचाउने मान्छे संघमा आउनुले क्रिकेटको भविष्य निर्धारण गर्छ। फुकुवा त होला तर अबको क्रिकेट संघ सिस्टममा जान्छ या जाँदैन, पारदर्शी हुन्छ हुँदैन, गुड गभरनेन्स हुन्छ या हुँदैन त्यसको आधारमा नेपाललाई आईसीसीले दिने सहयोग निर्धारण गर्छ। अब संघ आर्थिक पारदर्शीता, सुशासन भित्र बसेन भने नेपाली क्रिकेट अघि बढ्दैन।”

यस्तै टिम कप्तान पारस खड्काले विदाई कार्यक्रम अघि कुराकानी गर्दै नेपाली टिम युवा खेलाडीहरुलाई प्रवर्द्धन गर्ने प्रक्रियामा रहेको बताए। यस्तै उनले आफ्नो कप्तानी र सन्यास बारे समेत बोल्दै आफ्नो फिटनेसले साथ दिएसम्म खेलीरहने बताए। क्रिकेट संघको निर्वाचन पछि आफ्नो भविष्य पनि निर्धारण हुने उनले बताएका थिए।

“हामि अहिले देखि युवा खेलाडीलाई प्रवर्द्धन गर्ने प्रक्रियामा रहेका छौँ। चाहे म हुँ या अरु कप्तान अन्तिममा टिमको प्रदर्शनले महत्व राख्छ।”

सिंगापुर र ओमान सिरिजमा इशान पाण्डे र कुशल मल्ल जस्ता नयाँ खेलाडीले मौका पाएका छन् भने शरद भेसावकर , बसन्त रेग्मी र ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरु टिममा छैनन्। यस्तै टिममा सुशन भारि, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, ललित राजबंशी जस्ता युवा खेलाडीहरुले मौका पाएका छन्। दिपेन्द्र ऐरिले ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा पहिलो पटक टिमको उपकप्तानी गर्नेछन्।

सिंगापुर र ओमान सिरिजको लागि नेपाली टिम :- पारस खड्का ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, ललित राजवंशी , पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, सुशन भारि, इशान पाण्डे। मुख्य प्रशिक्षक – उमेश पटवाल , बलिंग प्रशिक्षक – भुरिती भेंकटराम , टिम म्यानेजर – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट

सिंगापुर सिरिजमा नेपालको खेल तालिका :- असोज १० : नेपाल Vs जिम्बावे , असोज ११ : नेपाल Vs सिंगापुर , असोज १४ : गते नेपाल Vs जिम्बावे , असोज १५ : गते नेपाल Vs सिंगापुर

ओमान सिरिजमा नेपालको खेल तालिका :- असोज १९ : नेपाल Vs हङकङ , असोज २० : नेपाल Vs नेदरल्यान्ड्स , असोज २२ : नेपाल Vs आयरल्यान्ड , असोज २३ : नेपाल Vs ओमान





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]