२०० पार गरेपछि नेपाल ठुलो योगफलतर्फ

२०७४ भाद्र २६, सोमबार ००:००

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा टस हारेर ब्याटिंग गर्दै २०० रनको स्कोर पार गरेको छ l

४२ ओभरको समाप्तिमा नेपालले २१३/४ स्कोर बनाउदै ठुलो स्कोर बनाउने संकेत देखाएको छ l नेपालको लागि प्रनित थापा १९ र रोहित पौडेल १९ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

यस अघि अनिल शाहले ९१ रनको बिशाल इनिंग खेल्दै नेपाललाई यो अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए l नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका शाहले व्यक्तिगत सर्बाधिक रन बनाउने क्रममा ७४ बलमा ९१ रन बनाएका हुन् l त्यस क्रममा उनले ५ छक्का र ६ चौका प्रहार गरे l

यस अघि  सन्दिप सुनारलाई ३२, आसिफ शेखलाई २१ र कप्तान दिपेन्द्र ऐरीलाइ २२ रनको स्कोरमा गुमाईसकेको छ l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसीया कप खेल्न छनौट हुनेछ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy