स्पिनरहरु हाबी हुँदा भारतमा नेपाली युवा टिमको लागातर तेश्रो जित

nepal u19
  • विकेटनेपाल, २५ असार

सिंगापुरमा १५-२५ जुलाईमा आयोजना हुने यु-१९ बिश्वकप छनौट ‘एसिया’ प्रतियोगिताको तयारीको लागि भारत भ्रमणमा रहेको नेपाली रास्ट्रिय क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा पनि सहज जित हात पारेको छ l  .  हेर्नुस स्कोरकार्ड 

आरपी सिंह क्रिकेट एकेडेमी ( ग्रेटर नोयडा ) संग सहिद विजय पथिक स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली युवा टिमले ६० रनले जित निकाल्दै आफ्नो विजय यात्रा जारि राखेको हो l भ्रमण अन्तर्गत यस अघि नेपालले पहिलो अभ्यास खेलमा फ्रेन्ड्स क्रिकेट एकेडेमी बिरुद्ध १२१ रनको तथा गुरुग्राम स्पोर्ट्स क्लब बिरुद्ध २४९ रनको जित हाँसिल गरेको थियो l

टस जितेर ब्याटिंग गरेको नेपाली टिमले ४५.२ ओभरमा १७६ रन मात्रै बनाउन सक्यो l घाँसे पिचमा उत्कृस्ट ब्याटिंग पस्कन नसके पनि ओपनर सन्दिप सुनार, दिपेन्द्र ऐरी र प्रनित थापाले आफ्नो लय जारि राख्नु नेपालको लागि सकारात्मक पक्ष थियो l

साथि ओपनर आसिफ शेख ( १४ रन ) पुनः चाडै पेभेलियन फर्किंदा सन्दिप सुनारले ८ चौका मदतले ४६ रन योगदान दिए l खराब लयमा रहेका आसिफ पहिलो अभ्यास खेलमा ‘०’ तथा दोश्रो अभ्यास खेलमा १ रनमै पेभेलियन फर्किएका थिए l स्कोरकार्ड  

तेश्रो नम्बरमा प्रनित थापाले ३३ रन तथा चौथो नम्बरका दिपेन्द्र ऐरीले ३९ रन बनाउदै नेपाली इनिंग सम्हाल्ने प्रयास गरेपनि ठुलो स्कोर बनाउन असफल भएका थिए l तल्लो मध्येक्रमका ब्याट्सम्यानहरु  अनिल शाह ७, प्रकाश केसी १२ तथा रोहित पौडेलले ९ रन मात्रै बनाउन सक्दा नेपालले ठुलो स्कोर गर्न सकेन l

साथि ओपनर आसिफ शेख ( १४ रन ) पुनः चाडै पेभेलियन फर्किंदा सन्दिप सुनारले ८ चौका मदतले ४६ रन योगदान दिए l

आईपिएलमा किंग्स ११ पन्जाबको प्रतिनिधित्व गरेका खेलाडी अनुरित सिंह आरपी सिंह एकेडेमीबाट खेलेका थिए जसले विकेट लिन नसकेपनि ५ ओभरमा २ मेडन ओभर सहित मात्र १६ रन खर्चिए l स्थानीय टोलिको लागि हर्षित सेठीले ४ विकेट हात पार्ने क्रममा १० ओभरमा मात्र ३४ रन खर्चेका थिए l

जवाफमा १७७ रन लक्ष पछ्याएको स्थानीय टिम माथि नेपाली स्पिनरहरु हाबी भए l उत्कृस्ट लयमा रहेका पवन सर्राफले र लय पक्डेका शाहब आलमले समान ३-३ विकेट हात पार्दा आरपी सिंह एकेडेमीले ३२.५ ओभरमा सबै विकेट गुमाई ११६ रन मात्रै बनाउन सक्यो l उसको लागि उत्कर्ष सुरीले सर्बाधिक २८ तथा बबी यादबले २६ रन योगदान दिए l

कप्तान सन्दिप लामिछानेले २ तथा रिजन ढकाल र ललित राजबंशीले १-१ विकेट आफ्नो पक्षमा परेका थिए l

भारत भ्रमणमा रहेको १८ सदस्यीय टोलिबाट अन्तिम १४ जनाको छनौट यसै साताको सुरुवातमै हुनेछ जसपछि नेपाली टिम १४ तारिकमा भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]