नेपालद्वारा बंगलादेश पराजित

  • विकेटनेपाल, कार्तिक १९

यु-१९ युथ एसिया कपको तयारीको लागि मैत्रीपूर्ण सिरिजको लागि बंगलादेशमा रहेको नेपाली यु-१९ क्रिकेट टिमले सिरिजको तेश्रो खेलमा बंगलादेश यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर बंगलादेश यु-१९ टिमले दिएको २२६ रनको लक्ष नेपालले ४६.३ ओभरमा ४ विकेट मात्र गुमाई पुरा गरेको हो ।

नेपालको लागि ओपनिंग ब्याटिंग गरेका आसिफ शेखले ९० तथा जितेन्द्र सिंह ठकुरीले ४५ रनको योगदान दिएका थिए । दुवैले पहिलो विकेटको लागि १३९ रनको बिशाल साझेदारी गरेका थिए।

आसिफले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे भने , जितेन्द्रले १०९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

आसिफ र जितेन्द्रको विकेट पछि तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल साह १५ रन, रोहित पौडेल २५ रन बनाएर आउट भएका थिए। त्यसपछि नेपाललाई कप्तान दिपेन्द्र ऐरी र भिम शार्कीले जिततर्फ डोर्याएका थिए।

भिम शार्कीले ४७ औं ओभरको तेश्रो बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । शार्कीले अविजित १३ रन तथा दिपेन्द्र ऐरीले २७ रनको योगदान दिए । ऐरीले ३ चौका र शार्कीले १ चौका र १ छक्का प्रहार गरे।

स्कोरकार्ड

Aasif Sheikh was awarded the man of the match
आसिफ शेखले विस्फोटक ब्याटिंग गरे

यसअघि टस जितेर बंगलादेशले पहिले ब्याटिंग गरेको बंगलादेशले पुरै ५० ओभरमा ७ विकेट गुमाई २२५ रन बनाएको थियो।

बंगलादेशको लागि चौथो नम्बरमा ब्याटिंग गरेका अमिनुल इस्लामले अविजित ८० रनको इनिंग खेलेका थिए। यस्तै मोहम्मद रकिबले ३९, पिनक घोषले २३ रनको योगदान दिए । इस्लामले ८७ बल खेल्दै ८ चौका प्रहार गरेका थिए ।

नेपालको लागि शाहब आलमले सर्बाधिक ३ विकेट तथा अनिल शाहले २ तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे। सन्दिप लामिछाने भने विकेट बिहिन रहे।

नेपालले यस अघि खेलेको २ वटा एकदिवसीयमा हार बेहोर्दै सिरिज २-० ले गुमाईसकेको छ। पहिलो खेल ३ विकेटले तथा दोश्रो खेलमा नेपाल १२३ रनले पराजित भएको थियो ।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :-

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]