११ फोटोमा हेर्नुस भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

२०७४ कार्तिक २६, आईतवार ००:००

Nepal U19 Cricket Team after beating India U19 cricket team
  • विकेटनेपाल, कार्तिक २६ 

बिश्व क्रिकेटकै शक्तिशालि रास्ट्र भारतको यु-१९ क्रिकेट टिमलाई पराजित गर्दै नेपाली यु-१९ क्रिकेट टिमले इतिहास रच्न पुग्यो।

अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको २० बर्षको अबधि पुगीसक्दा बिभिन्न स्तरमा भारतसंग धेरैपटक भेट भएता पनि नेपालले जितको सुगन्ध पाउन सकेको थिएन।

यु-१९ युथ एसिया कपको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको झिनो अन्तरको हारपछि भारतसंग जित हात पार्ने कुरा सायदै कसैले सोचेका थिए होलान्। तर कप्तान दिपेन्द्र ऐरीले पहिलो इनिंगमा ब्याटबाट ८८ रन तथा दोश्रो इनिंगमा बलबाट ४ विकेट हातपार्दै टिमलाई नेतृत्व गरेपछि बिश्वशक्ति टिम भारत पनि घुंडा टेक्न बाध्य भयो।

यसअघि बंगलादेश,पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रका टिमहरु नेपालसंग पराजित भएको इतिहास भए पनि भारतसंगको जितले बिशेष महत्व राखेको छ। नेपालको जितले फेरी पनि नेपाली क्रिकेटको सम्भावना र क्षमतालाई उजागर गरेको छ।

भारतीय क्रिकेटका पर्खाल राहुल द्रविडले नेतृत्व गरेको भारतीय युवा टिमलाई नेपाली पुर्व स्टार क्रिकेटर बिनोद दास नेतृत्वको टिमले पराजित गर्दा पुनः एकपटक नेपाललाई बिश्वमाझ क्रिकेट खेलले चिनाएको छ।

आउनुस् फोटोहरुमा हेर्दै पुनः नेपालको जितको साक्षी बनौं –

दिपेन्द्र ऐरी
रोहित पौडेल
अर्धशतक प्रहार गरेपछि दिपेन्द्र ऐरी

 

( फोटो – सुबास हुमागाईं )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy