भारतीय भूमिमा नेपालको यु-१९ बिश्वकप छनौट तयारी ( फोटो फिचर )

Nepal U19 Cricket team
  • विकेटनेपाल, ११ आषाढ

सिंगापुरमा १५-२५ जुलाईसम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगिताको तयारीको लागि नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नोयडामा अभ्यासरत छ l

प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर , मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् जसमध्ये बिजेता टोलि २०१८ जनवरीमा न्युजिल्याण्डमा संचालन हुने यु-१९ बिश्वकप खेल्न छनौट हुनेछ l

१८ सदस्यीय नेपाली टिम असर ९ गते भारत प्रस्थान गरेको थियो l भारतमा गरेको अभ्यास क्रममा १८ जनाबाट प्रतियोगिताको लागि अन्तिम १४ तथा ४ वैकल्पिक खेलाडीको घोषणा गर्नेछ l ( टिम लिस्ट हेर्न क्लिक गर्नुस )

भारतमा अभ्यास पछि जुलाई १४ तारिकमा नेपाली टिम त्यतैबाट सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ l सो क्रममा नेपालले स्थानिय स्तरीय टिमसंग ६-७ वटा अभ्यास खेल खेल्ने बताईएको छ l

हाल नोयडा क्रिकेट स्टेडियममा अभ्यास गरिरहेको नेपाली टिमले मैदानमा नेट, फिल्डिंग सेसन गरिरहेको छ भने फिटनेसमा पनि समय बिताईरहेको छ l

यो पनि पढ्नुस : आँसु थाम्न सकेनन् सागरले

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा एसियन क्लब प्रिमियर लिग ( एसीएपीएल ) को खेल संचालन गर्न रास्ट्रिय खेलकुद परिषदले अनुमति दिएपछि नेपाली यु-१९ भारत अभ्यासमा जानु परेको हो l नेपाली टिमको अभ्यासको सम्पूर्ण खर्च तथा ब्यबस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले गरिरहेको छ l

नोट : ( सच्याइएको :- अन्तिम हरफमा यस अघि एसियन प्रिमियर लिग एपिएल आयोजकले खर्च बेहोरीरहेको छ लेखिएको जानकारी सच्याइएको छ )

नेपाली टिमले शनिबार नोयडा क्रिकेट स्टेडियममा गरेको अभ्यासको फोटोहरु :- 

प्रशिक्षक बिनोद दास
सहायक प्रशिक्षक कलाम अलि
प्रशिक्षक बिनोद दास
आसिफ शेख
शाहब आलम
सन्दिप लामिछाने
सुशान्त सिंह थापा
रशिद खान, सन्दिप लामिछाने

( फोटो – रमन शिवाकोटी )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]