१० फोटोमा हेर्नुस बिश्वकप छनौट खेल्ने यु-१९ टिमको कडा मेहनत, यस कारण हुन सकेन अभ्यास खेल

  • विकेटनेपाल- १५ असार

यु-१९ बिश्वकप छनौट प्रतियोगिताको तयारीको लागि भारत भ्रमणमा रहेको नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमले खराब मौसमको कारण अझसम्म अभ्यास खेल खेल्न पाएको छैन l अभ्यास खेल खेल्न नपाएपनि टिमले बिहिबार फिटनेसमा कडा मेहनत गर्यो l

नेपाली टिमको ब्यबस्थापक रमन शिवाकोटीका अनुसार मौसमको कारण अभ्यास खेल्न खेल्न सम्भब नभएको र शनिबार देखि मौसम खुल्ने अनुमान हुनाले पहिलो अभ्यास खेल शनिबारनै खेलिनेछ l टिमले  मंगलबार डेल्ली वोन्डर्ससंग खेल्ने भनिएको अभ्यास खेल प्राबिधिक कारणले स्थगित भएको थियो l

१५ देखि २५ जुलाईसम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगिताको लागि असार ९ गते भारतको नोयडा पुगेको थियो l जुलाई १४ तारिकमा नेपाली टिम भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

यो पनि पढ्नुस :- आईपीएल इंगलिस प्रिमियर लिग भन्दा अघि ?

प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

हाल १८ सदस्यीय टोलि भ्रमणमा रहेको छ जसबाट १४ जनाको अन्तिम छनौट जुलाई पहिलो हफ्तासम्ममा गरिने ब्यबस्थापक शिवाकोटीले विकेटनेपाललाई जानकारी दिएका छन् l  १८ सदस्यीय टिम लिस्ट हेर्न क्लिक गर्नुस 

नेपाली टिमलाई हाल बिनोद दासले प्रशिक्षण गराईरहेका छन् भने कलाम अलि सहायक प्रशिक्षक छन् l टिमलाई फिटनेस ट्रेनिंग भारतीय ट्रेनर सुबास पात्रोले गराईरहेका छन् l टिमले शुक्रबार आराम गर्ने कार्यक्रम रहेको छ l

नेपाली टिमको आजको अभ्यासको तस्बिरहरु   –

फिटनेस ट्रेनिंग भारतीय ट्रेनर सुबास पात्रो
रोहित पौडेल
रिजन ढकाल

सुशान्त सिंह थापा

 

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]