अभ्यास खेलमा नेपालविरुद्ध उत्रिए भारतीय रास्ट्रिय क्रिकेटर

  • विकेटनेपाल, २६ असार

भारत भ्रमणमा रहेको नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमले आज नोयडा ११ संग खेलेको चौथो खेल वर्षाको कारण पुरा हुन पाएन l

स्कोरकार्ड हेर्नुस 

टस जितेर ब्याटिंग गरेको नोयडाले पहिलो इनिंगमा ४९.२ ओभरमा सबै विकेट गुमाउदै बनाएको २७८ रनको योगफल पछ्याउने क्रममा नेपालले २५ ओभरमा ३ विकेट गुमाई ११७ रन बनाएको समय वर्षा सुरु भएपछि खेल वर्षाले अवरुद्ध हुन पुगेको हो l

किंग्स ११ पन्जाबको लागि आईपीएल खेलेका खेलाडी अनुरित सिंहले तेश्रो नम्बरमा ब्याटिंग गर्दै आक्रामक शतक प्रहार गरेपछि नोयडा ११ ले ठुलो स्कोर बनाउन सक्यो l रोहित पौडेलको बलमा क्याच आउट हुनु अघि सिंहले १२१ रन बनाउने क्रममा मात्र ८६ बलमा १४ चौका र ७ छक्का प्रहार गरेका थिए l

नोयडा ११ को लागि भारतीय रास्ट्रिय क्रिकेटर रहीसकेका तथा आईपीएलमा किंग्स ११ पन्जाबको लागि खेलीसकेका ३१ बर्षिय परबिन्दर अवानाले ४३ रन बनाए l ३५ बलमा ५ चौका प्रहार गरेका उनलाई रशिद खानले आउट गरेका थिए l अवानाले भारतको लागि सन् २०१२ मा इंग्ल्याण्डसंग २ वटा टि-२० खेल खेलेका थिए l यस्तै आईपीएलमा कोलकाता नाइट राइडर्सको लागि खेलीसकेका राहुल यादबले ३७ रन योगदान दिए l

अनुरित सिंहले १२१ रन बनाउने क्रममा मात्र ८६ बलमा १४ चौका र ७ छक्का प्रहार गरे

तुलनात्मक रुपमा अघिल्लो ३ अभ्यास खेलमा भन्दा निकै राम्रो टिमसंग अभ्यास खेल खेलेको नेपाली टिमको लागि बलरहरुले ठिकठाक प्रदर्शन गरेका थिए l भारतीय रास्ट्रिय क्रिकेट टिम, आईपीएल, रणजी ट्रफी खेल्ने खेलाडीहरु रहेको टिमलाई नेपाली बलरहरुले पुरै ओभर ब्याटिंग गर्न दिएनन् l

तिब्र गति बलरहरु रोहित पौडेलले ४, रसिद खानले ३ विकेट लिएपछि नोयडा ११ लाई नेपाली टिमले ४९.२ ओभरमा अल आउट गर्न सकेको थियो l उत्कृस्ट लयमा रहेका रोहितले १० ओभरमा ५९ रन खर्चिएका थिए भने रसिदले ६.२ ओभरमा १ मेडन सहित ३३ रन तथा रिजनले ८ ओभरमा ४३ रन खर्चिएका थिए l

स्पिनर ललित राजबंशी र शाहब आलमले १-१ विकेट लिंदा पवन शर्राफ विकेट बिहिन रहे l महंगा साबित भएका पवनले ५ ओभरमा ४६ रन खर्चिएका थिए l

भारतीय रास्ट्रिय क्रिकेटर परबिन्दर अवानाले ४३ रन बनाए ©BCCI

जवाफमा २७९ रन लक्ष पछ्याउने क्रममा ओपनर सन्दिप सुनार ५ रन बनाएर रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिएका थिए l बलले काँधमा लागेपछि घाइते भएका सन्दिपको अवस्था सामान्य रहेको बताईएको छ l

सन्दिप मैदान बाहिरीएपछि प्रनित थापा र आसिफले स्कोरलाई ५० रन पुर्याएका थिए l प्रनित २७ रन बनाएर आउट भएपछि नेपालले ३ विकेट लगातार जसो गुमाउन पुगेको थियो l दिपेन्द्र ऐरी ९ तथा आसिफ शेख २८ रन बनाएर आउट हुँदा नेपालको स्कोर १४ औ ओभरमा ५०/१ बाट २१ औ ओभरमा ८२/३ पुगेको थियो l

त्यसपछि आदील खान र अनिल शाहले विकेटमा जम्ने साहस गर्दै चौथो विकेटको लागि ३५ रनको साझेदारी गर्दै २५ ओभरमा ११७/३ को अवस्थामा नेपाललाई पुर्याएका थिए l त्यसै बखत वर्षाले खेल रोकिनु अघि आदील र अनिल समान २२/२२ रन बनाएर ब्याटिंग गरिरहेका थिए l

नोयडा ११ को लागि निमित सैनीले २ तथा दिपान्शु यादबले १ विकेट लिएका l ओपनिंग बलिंग गरेका भारतीय क्रिकेटर परविन्दर अवानाले ३ ओभरमा १० रन खर्चे पनि विकेट लिन सकेनन् l

रोहित पौडेलले ४ विकेट लिए

नेपालले अब पाँचौ अभ्यास खेल नोयडा ११ बिरुद्धनै जुलाई १३ मा खेल्ने कार्यक्रम रहेको छ l

भारत भ्रमण अन्तर्गत यस अघि नेपालले पहिलो अभ्यास खेलमा फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १२१ रनले, गुरुग्राम स्पोर्ट्स क्लबलाई २४९ रनले तथा तेश्रो अभ्यास खेलमा आरपी सिंह एकेडेमी बिरुद्ध ६० रनको जित हाँसिल गरेको थियो l हेर्नुस भारत भ्रमण अन्तर्गत नेपाल यु-१९ ले खेलेका खेलहरुको स्कोरकार्ड 

भारत भ्रमण सकी नेपाली टिम १४ तारिकमा भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

यो पनि पढ्नुस :- 

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]