१५ फोटोमा हेर्नुस, एसीसी यु-१९ को लागि नेपालको मेहनत

  • विकेटनेपाल, भदौ ४  

टियु क्रिकेट मैदानमा यतिबेला नेपाल यु-१९ क्रिकेट टिम मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म संचालन हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको तयारीमा ब्यस्त रहेको छ l

अभ्यासको तेश्रो दिन नेपालले पहिलो पटक नेट र फिल्डिंग सेसन गर्यो l अघिल्लो २ दिन टिमले फिटनेस मात्रै गरेको थियो l

प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अलिले टिमलाई प्रशिक्षण गराईरहेका छन् l

गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कमजोर ब्याटिंग गरेको नेपालको त्यो कमजोरी हटाउन योपालि बन्दसत्रमा बिशेष मेहनत गर्ने प्रशिक्षक बिनोद दासको योजना रहेको छ l त्यसैले एसियन क्रिकेट काउन्सिलसंग ब्याटिंग स्पेसलिस्ट प्रशिक्षक नेपाल ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको प्रशिक्षक दासले जानकारी दिएका छन् l

अविनाश कर्ण

प्रतियोगिताको लागि नेपालले पहिलो चरणमा २८ जना खेलाडीहरु छनौट गरेको छ जसमध्येबाट अगस्ट २७ तारिकसम्म १४ जनाको अन्तिम टिम तथा ४ जना वैकल्पिक टिम छनौट गरिसक्नु पर्नेछ l

टिम छनौट गर्न १ हफ्ताको अबधिमा ४ वटा खेल खेल्ने योजना रहेको छ l उक्त खेलहरुमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अन्तिम छनौटमा स्थान दिने प्रशिक्षक बिनोद दासले विकेटनेपाललाई जानकारी गराएका छन् l

ब्याटिंग कमजोरी हटाउन बन्दसत्रमा बिशेष मेहनत गर्ने प्रशिक्षक बिनोद दासको योजना रहेको छ l

एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् l नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ l प्रतियोगिताबाट उत्कृस्ट २ हुने टिम यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l

यु-१९ टिमको अभ्यास हेर्दै पारस खड्का

छनौट भएको २८ सदस्यीय प्रारम्भिक टिम 

१. सन्दिप लामिछाने २. अनिल शाह ३. सन्दिप सुनार  ४. दिपेन्द्र ऐरी ५. ललित राजबंशी ६. प्रकाश केसी  ७. पवन सर्राफ , ८. रोहित पौडेल , ९. रिजन ढकाल , १०. शाहब आलम , ११. प्रनित थापा , १२. आदील खान १३. आसिफ शेख १४. किशोर महतो १५. बिक्रम भुसाल १६. सन्दिप जोरा १७. रासिद खान १८. सुशान्त सिंह थापा १९. नन्दन यादब २०. कमल सिंह ऐरी २१. सुमित महर्जन २२. जितेन्द्र सिंह ठकुरी २३. मिनस थापा २४. अंकित सुबेदी २५. हरि चौहान२६. अविनाश कर्ण २७. भिम सार्की २८. रबिन्द्र जंग शाही

तिब्र गति बलर कलम सिंह ऐरी , रिजन ढकाल, र नन्दन यादब

हेर्नुस फोटोहरुमा नेपाली टिमको अभ्यास 

सन्दिप लामिछाने

 

मिनस थापा
सन्दिप सुनार
कमल सिंह ऐरी
नन्दन यादब
बलिंग गर्दै रिजन ढकाल
ब्याटिंग गर्दै सुशान्त सिंह थापा
आसिफ शेख बलिंग मेसिनमा बल हाल्ने तयारीमा
ब्याटिंग गर्दै अविनाश कर्ण
भिम शार्की , सुशान्त सिंह थापा ( विकेटकिपर )
सन्दिप जोरा




थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]