टेस्ट रास्ट्र सम्मेलित एसिया कप खेल्ने नेपाली यु-१९ टिम घोषणा, जितेन्द्र र रसिद नयाँ अनुहार

  • विकेटनेपाल, १२ कार्तिक – आइतबार 

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको लागि नेपाली टिमको घोषणा गरिएको छ ।

युथ एसिया कपमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, मलेसिया तथा यु-१९ एसिया कप पश्चिम क्षेत्रको बिजेता टिमले सहभागिता जनाउनेछ ।

यु-१९ टिममा जितेन्द्र ठकुरी र रसिद खानले पहिलो पटक नाम लेखाएका छन् । जितेन्द्र दायाँ हाते ब्याट्सम्यान हुन् भने रासिद खान दायाँ हाते तिब्र गति बलर हुन्। जितेन्द्र यस अघि यु-१६ रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका छन् भने धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्स टिमको प्रतिनिधित्व गरिसकेका छन् । रासिद यस अघि कुनै पनि उमेर समुहको टिममा थिएनन्। खानले सातौ रास्ट्रिय खेलकुदमा मध्यमाञ्चलको प्रतिनिधित्व गरेका थिए जुन क्रममा पश्चिमाञ्चल बिरुद्धको खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।

जितेन्द्र सिंह
जितेन्द्र सिंह

सेप्टेम्बरमा एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा टिममा रहेका ब्याट्सम्यान सन्दिप जोरा र लेग स्पिनर बिक्रम भुसालले यो पटक टिममा स्थान बनाउन सकेनन्।

नेपाली टिममा विकेटकिपर ब्याट्सम्यान प्रकास केसी र दायाँ हाते तिब्र गति बलर कमल सिंह ऐरीले टिममा कम्ब्याक गरेका छन्। सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्व कप छनौटमा टिममा रहेका केसीले त्यहाँ उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। २०१६ मा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा टिममा रहेका ऐरीले श्रीलंकासंग एक मात्र खेल खेलेका थिए जुन खेलमा उनले ३ विकेट हात पारेका थिए । त्यसपछि यु-१९ टिमले यो बर्ष खेलेको खेलेको दुवै प्रतियोगितामा नाम लेखाउन असफल ऐरीले टिममा कमब्याक गरेका हुन् ।

दिपेन्द्र ऐरीको कप्तानी रहने नेपाली टिममा रासिद खान, कमल सिंह ऐरी, किशोर महतो गरि ३ जना तिब्र गति बलर छन् भने शाहब आलम भिम शार्की, सन्दिप लामिछाने, पवन सर्राफ गरि ४ जना स्पिनर रहेका छन् । यस्तै कप्तान ऐरी, रोहित पौडेल, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, आसिफ शेख, प्रकास केसी गरि ७ जना ब्याट्सम्यान १५ जना भित्र अटाएका छन्।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

नेपाली टिमको घोषणा प्रशिक्षक बिनोद दास र एसियन क्रिकेट काउन्सिलका कन्सल्टेन्ट भेन्कटपति राजु रहेको छनौट समितिले गरेको हो ।

एसिया कपको तयारी स्वरूप नेपाली टिमले बंगलादेश यु-१९ क्रिकेट टिमसंग ३ वटा एकदिवसीयको सिरिज खेल्ने छ । भ्रमणको लागि नेपाली युवा टिम ३० अक्टोबरमा ढाका पुग्नेछ र नोभेम्बर २, ४ र ५ तारिकमा गरि ३ वटा खेल खेल्नेछ ।

३ वटा अभ्यास खेल पछि नेपाली टिम नोभेम्बर ६ तारिकमा स्वदेश फिर्ता हुनेछ। त्यसलगतै नेपाली टिम यु-१९ युथ एसिया कप खेल्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टिम यतिबेला प्रतियोगिताको तयारीको लागि टियु मैदानमा अभ्यासरत छ। गत महिना मलेसियामा सम्पन्न एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्दै नेपाल यु-१९ एसिया कप खेल्न छनौट भएको थियो ।

सन् २०१६ मा श्रीलंकामा भएको यु-१९ युथ एसिया कपमा नेपालले पछिल्लो पटक सहभागिता जनाएको थियो जसको पहिलो चरणबाट नेपाल बाहिरिएको थियो । त्यस क्रममा नेपाल श्रीलंकासंग १ रनले पराजित हुँदै दोश्रो चरण प्रवेश गर्न चुकेको थियो ।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]