बंगलादेशसंग खेल्न नेपाली टिम ढाका प्रस्थान, यस्तो छ खेल तालिका

  • विकेटनेपाल, कार्तिक १३ -सोमबार 

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि नेपाली यु-१९ क्रिकेट टिम सोमबार बंगलादेश प्रस्थान गरेको छ।

बंगलादेश यु-१९ क्रिकेट टिमसंग नेपाली टिमले बंगलादेशमा ३ वटा एकदिवसीयको सिरिज खेल्ने भएको छ । सोमबारै ढाका पुग्ने टिमले नोभेम्बर २, ४ र ५ तारिकमा गरि ३ वटा खेल खेल्नेछ। अभ्यास खेल पछि टिम नोभेम्बर ६ तारिकमा स्वदेश फिर्ता हुनेछ। त्यसलगतै नेपाली टिम युथ एसिया कप खेल्न मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नोभेम्बर ९ देखि मलेसियामा आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारी स्वरूप नेपालले बंगलादेशमा खेल्न लागेको हो । युथ एसिया कपमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, मलेसिया तथा यु-१९ एसिया कप पश्चिम क्षेत्रको बिजेता टिमले सहभागिता जनाउनेछ ।

युथ एसिया कपको लागि आइतबार नेपाली टिमको घोषणा गरिसकेको छ । टिममा जितेन्द्र सिंह ठकुरी र रासिद खानले पहिलो पटक नाम लेखाएका छन् । सेप्टेम्बरमा एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा टिममा रहेका ब्याट्सम्यान सन्दिप जोरा र लेग स्पिनर बिक्रम भुसालले यो पटक टिममा स्थान बनाउन सकेनन्।  विकेटकिपर ब्याट्सम्यान प्रकास केसी र दायाँ हाते तिब्र गति बलर कमल सिंह ऐरीले टिममा कम्ब्याक गरेका छन्।

दिपेन्द्र ऐरीको कप्तानी रहने नेपाली टिममा रासिद खान, कमल सिंह ऐरी, किशोर महतो गरि ३ जना तिब्र गति बलर छन् भने शाहब आलम भिम शार्की, सन्दिप लामिछाने, पवन सर्राफ गरि ४ जना स्पिनर रहेका छन् । यस्तै कप्तान ऐरी, रोहित पौडेल, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, आसिफ शेख, प्रकास केसी गरि ७ जना ब्याट्सम्यान १५ जना भित्र अटाएका छन्।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

प्रशिक्षक : बिनोद दास

सन् २०१६ मा श्रीलंकामा भएको यु-१९ युथ एसिया कपमा नेपालले पछिल्लो पटक सहभागिता जनाएको थियो जसको पहिलो चरणबाट नेपाल बाहिरिएको थियो । त्यस क्रममा नेपाल श्रीलंकासंग १ रनले पराजित हुँदै दोश्रो चरण प्रवेश गर्न चुकेको थियो ।

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]