यसरी गरिनेछ यु-१९ टिमको अन्तिम छनौट

  • विकेटनेपाल, भदौ ५   

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म संचालन हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको लागि पहिलो चरणमा छनौट भएका २८ जना खेलाडीबाट अर्को साताको सुरुवातसम्म दोश्रो चरणको लागि १४ जनाको टिम र ४ बैकल्पिक टिम घोषणा गरिनेछ l

दोश्रो चरणमा खेलाडी छनौट गर्नको लागि १ हफ्ताको अबधिमा ४ वटा खेल खेलाइने प्रशिक्षक बिनोद दासले जानकारी गराएका छन् –

“२७ अगस्टसम्म १४ जनाको टिम र ४ बैकल्पिक खेलाडीको नाम छनौट गरिसक्नेछौ l त्यसको लागि मौसमले साथ दिएसम्म ४ वटा छनौट खेल खेलाउनेछौ”

गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगितामा नेपाली ब्याटिंग फ्लप भएको थियो त्यसैकारण यसपटक टिममा परिवर्तन गरिने दासले विकेटनेपाललाई बताएका छन् –

“३-४ जना बाहेक अन्य खेलाडीले यु-१९ एसिया बिश्वकप छनौटमा राम्रो गर्न सकेनन् त्यसैले यसपटक टिममा फेरबदल हुनेछ”

“जसले छनौट खेलमा राम्रो गर्छ त्यही खेलाडी छनौट हुनेछ, जिम्मेवार खेलाडीलाई छनौट गर्नेछौ”

छनौट खेल सोमबार देखि सुरु हुनेछ जसमा प्रत्येक खेलाडीले कम्तिमा ३ खेल खेल्ने मौका पाउने दासले बताए l

यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगितामा ६ खेल खेलेको नेपालको लागि दिपेन्द्र ऐरि बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् l दिपेन्द्रले सिंगापुरसंग अर्धशतकीय ( ५४ ) इनिंग खेलेका थिए भने अन्तिम खेलमा अफगानिस्तानसंग ४८ रन बनाएका थिए l उनि बाहेक कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिंग खेल्न सकेका थिएनन् l दिपेन्द्र पछि रोहित पौडेलले मलेसियासंग बनाएको ३४ रन नेपाली ब्याट्सम्यानको प्रतियोगितामा सर्बाधिक रन थियो l

प्रशिक्षक दासले पहिलो चरणको खेलाडी छनौट पछि दोश्रो चरणमा ब्याटिंग सुधार गर्नको लागि एसियन क्रिकेट काउन्सिलसंग ब्याटिंग स्पेसेलिस्ट प्रशिक्षकको माग गरेको जानकारी दिएका छन् l

“एसीसीलाई ब्याटिंग स्पेसलिस्ट प्रशिक्षकको लागि पहल गरेका छौ र एसीसी सकारात्मक छ l १-२ दिनमानै को आउने भन्ने निर्णय पाउनेछौ”

दासले टिमलाई बिशेष योजना अन्तर्गत स्किलमा फोकस गरेर ड्रिल्स गराउने र मानसिक पक्षमा जोड दिएर अभ्यास गराउनेमा जोड दिने बताए l

dipendra airee
यु-१९ एसिया बिश्वकप छनौटमा ६ खेल खेलेको नेपालको लागि दिपेन्द्र ऐरि बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् l

एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् l नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ l प्रतियोगिताबाट उत्कृस्ट २ हुने टिम यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l

छनौट भएको २८ सदस्यीय प्रारम्भिक टिम 

१. सन्दिप लामिछाने २. अनिल शाह ३. सन्दिप सुनार  ४. दिपेन्द्र ऐरी ५. ललित राजबंशी ६. प्रकाश केसी  ७. पवन सर्राफ , ८. रोहित पौडेल , ९. रिजन ढकाल , १०. शाहब आलम , ११. प्रनित थापा , १२. आदील खान १३. आसिफ शेख १४. किशोर महतो १५. बिक्रम भुसाल १६. सन्दिप जोरा १७. रासिद खान १८. सुशान्त सिंह थापा १९. नन्दन यादब २०. कमल सिंह ऐरी २१. सुमित महर्जन २२. जितेन्द्र सिंह ठकुरी २३. मिनस थापा २४. अंकित सुबेदी २५. हरि चौहान२६. अविनाश कर्ण २७. भिम सार्की २८. रबिन्द्र जंग शाही

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]