फाइनलमा नेपालको भेट हंगकंगसंग

  • विकेटनेपाल, भदौ ३१ 

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा नेपाल र हंगकंग बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज सम्पन्न दोश्रो सेमीफाइनलमा हंगकंगले सिंगापुरलाई ७ विकेटले पराजित गर्यो भने पहिलो सेमीफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनल खेलको बिजेता टिम नोभेम्बरमा मलेसियामै आयोजना हुने एसियाली टेस्ट रास्ट्रहरु समेत खेल्ने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l

फाइनल खेल आइतबार बिहान ७:१५ बजे ( नेपाली समय ) किनरारा ओभल मैदानमा हुनेछ ।

हंगकंग समुह ‘बि’ मा अपराजित रहँदै सेमीफाइनल यात्रा गरेको टिम हो भने नेपालले पनि हालसम्म सबै खेल सजिलै जितेको छ । हंगकंगले समुह चरणमा चिनलाई ९ विकेटले, म्यानमारलाई ९ विकेटले तथा मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।

यता नेपालले समूह चरणमा थाईल्याण्डलाई २५५ रनले , भुटानलाई ९ विकेटले तथा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।

मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ l ( स्कोरकार्ड )

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२२ रनको लक्ष नेपालले २३.१ ओभरमा ओभरमा विकेट नगुमाई पुरा गर्यो l

लक्ष पछ्याउने क्रममा नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले अर्धशतक पुरा गरे l आसिफले ५० तथा सन्दिपले ५१ रनको अविजित इनिंग खेले l आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे भने सन्दिपले ७७ बलमा ८ चौका प्रहार गरेका थिए l

यस अघि मलेसियाले पहिले ब्याटिंग गर्दै नेपाललाई १२२ रनको लक्ष प्रस्तुत गरेको थियो l किनरारा ओभल मैदानमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो l

मलेसिया कुनै बेला ६४-१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए l

कप्तान ऐरीले अफ स्पिन बलिंग गर्दै सर्बाधिक ५ विकेट लिए l उनले ८ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित २९ रन खर्चेका थिए l यस्तै पवन सर्राफले २ विकेट हात पारेका थिए भने शाहब आलम, सन्दिप लामिछाने र रोहित पौडेलले १-१ विकेट आफ्नो नाम गरे l

दिपेन्द्रले यस अघि भुटानसंगको खेलमा पनि ५ विकेट हात पारेका थिए l

मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए l यस्तै मोहम्मद शाहरियलले १६ रन योगदान दिए l

खेलको म्यान अफ द म्याच दिपेन्द्र ऐरी घोषित भए l





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]