११ फोटोमा हेर्नुस मलेसियाबिरुद्ध नेपालको शानदार जित

२०७४ कार्तिक २८, मंगलवार ००:००

  • विकेटनेपाल, २८ कार्तिक

यु-१९ युथ एसिया कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आयोजक टोलि मलेसियालाई ८ विकेटले सहजै पराजित गर्यो।

मलेसियासंगको जितसंगै समुह ‘ए’ मा २ जित दर्ता गरेको नेपालले समुहको उपविजेताको रुपमा सेमीफाइनल यात्रा तय गर्यो। मलेसियासंगको खेल अघि नेपाललाई ठुलो अन्तरको जित आवस्यक थियो जसअनुरुप नेपालले खेलेको थियो।

वर्षाको कारण २४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो। मलेसियाले १५.३ ओभरमै सम्पूर्ण विकेट गुमायो र मात्र ४५ रन बनाउन सक्यो। सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दै ५ विकेट आफ्नो नाम गरे भने कप्तान दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरे। ४६ रनको लक्ष नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। अनिल शाहले ३ छक्का र १ चौका प्रहार गर्दै १५ बलमा २६ रन योगदान दिए ।  यस्तै दिपेन्द्र ऐरीले ३ बलमा २ छक्का मदतले १२ रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको पराजय पछि नेपालले दोश्रो खेलमा भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको थियो।

नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ को बिजेता अफगानिस्तानको सामना गर्नेभएको छ अफगानिस्तान र नेपाल बीच सेमीफाइनल खेल शुक्रबार ( नोभेम्बर १७ ) किनरारा मैदानमा हुनेछ। 

हेर्नुस मलेसियाबिरुद्ध नेपालको जित १५ तस्बिरमा

 

बलिंग गर्दै कमलसिंह ऐरी
कप्तान दिपेन्द्र ऐरी
भिम शार्की र दिपेन्द्र ऐरी

अनिल शाह

 

 

खेलको म्यान अफ द म्याच सन्दिप लामिछाने
जित पछि नेपाली टिमको सामुहिक तस्बिर
कप्तान दिपेन्द्र ऐरी जितपछि

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy