थाईल्याण्डसंग नेपालको पहिलो खेल, कसरि हेर्ने अपडेट ? खेलबारे सबै जानकारी एकै ठाउँ

  • विकेटनेपाल, २५ भदौ 

मलेसियामा आइतबार देखि एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता सुरु भएको छ l प्रतियोगिताको दोश्रो दिन सोमबार नेपालले थाईल्याण्डसंग पहिलो खेल खेल्दैछ l

खेल सुरु हुने समय : ७:१५ बजे बिहान ( नेपाल ) , ९:३० बजे बिहान ( मलेसिया )

८ टोलि सहभागी रहेको प्रतियोगिताको नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा सिंगापुर, थाईल्याण्ड, भुटान रहेको छ। समुह ‘बि’ मा मलेसिया, चिन, हंगकंग र म्यानमार रहेका छन् । नेपालले सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा, तेश्रो खेल सेप्टेम्बर १४ मा गापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ ।

दुवै समुहबाट उत्कृस्ट हुने २-२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। फाइनल खेल सेप्टेम्बर १७ तारिकमा किनारा ओभल मैदानमा खेलिनेछ जुन खेलको बिजेता यु-१९ युथ एसिया कप खेल्न छनौट हुनेछ।

कहाँ हेर्ने अपडेट ? 

खेलको अपडेट विकेटनेपाल फेसबुक पेज र वेबसाइटमा हुनेछ । प्रत्यक्ष भिडियो र फोटोहरु विकेटनेपालमा मलेसियाबाटै प्रतियोगिता भर अपडेट गर्नेछौं । फेसबुक पेजको लिंक   वेबसाइटको लाइभ अपडेट लिंक 

थाईल्याण्डसंग अन्तिम पटक भेट 

थाईल्याण्डसंग नेपालले अन्तिम पटक सन् २०११ को एसीसी यु-१९ इलाइट कपमा प्रतिस्पर्धा गरेको थियो जुन खेलमा नेपाल १७५ रनको ठुलो अन्तरले बिजयी भएको थियो । उक्त खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाई २४५ रनको योगफल तयार गरेको थियो। नेपालको लागि पृथु बास्कोटाले सर्बाधिक ६४ रन, भुवन कार्कीले ३६, प्रदिप ऐरीले २७ तथा सागर पुनले २२ रन योगदान दिएका थिए ।

दोश्रो इनिंगमा थाईल्याण्ड २७.५ ओभरमा ७१ रनमै अलआउट हुन पुगेको थियो। राहुल बिश्वकर्मा एक्लैले ८ विकेट लिंदै थाईल्याण्ड ब्याट्सम्यानहरुलाई निरिह साबित गराएका थिए । उनले ६.५ ओभरमा मात्र १५ रन दिएर ८ विकेट लिएका थिए ।

राहुल बिश्वकर्मा एक्लैले ८ विकेट लिंदै थाईल्याण्ड ब्याट्सम्यानहरुलाई निरिह साबित गराएका थिए ।

“जित्नको लागि आएका हौँ” कप्तान दिपेन्द्र एरि 

मलेसियामा विकेटनेपालसंग प्रत्यक्ष कुराकानी गर्ने क्रममा नेपाली टिमका कप्तान दिपेन्द्र ऐरीले तयारी राम्रो भएको बताएका छन्। यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगितामा नेपालको कमजोरी रहेको ब्याटिंग यो प्रतियोगितामा सुधार भएको ऐरीले बताएका छन्-

“जित्नको लागि आएका हौँ, हामि हंगकंग, मलेसिया, सिंगापुर, चिन भन्दा हामि अघिनै छौ र जित्नको लागि खेल्नेछौ”

कप्तानको रुपमा पहिलो प्रतियोगिता खेलीरहेका ऐरीले आफुमा दबाब नरहेको तर फरक महसुस भने गरिरहेको बताए ।

हेर्नुस भिडियो कुराकानी 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]