नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । नेपालले टी-२० विश्वकपका लागि अमेरिकाविरुद्धको वार्मअप खेलमा पहिले बलिङ गर्ने भएको छ ।

अमेरिकाका कप्तान मोनाकं पटेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ बाट सुरु हुने नवौं संस्करणको टी-२० विश्वकपको तयारी स्वरुप नेपालले आज दोस्रो वार्मअप खेल खेल्न लागेको हो ।

नेपालले पहिलो वार्मअप खेलमा क्यानडासँग हार व्यहोरेको थियो ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy