हंगकंगलाई पराजित गर्दै नेपाल च्याम्पियन, यु-१९ एसिया कप खेल्न छनौट

nepal u19 national cricket team
  • विकेटनेपाल, असोज १ 

हंगकंगलाई ५ विकेटले पराजित गर्दै नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै नेपाल नोभेम्बरमा मलेसियामै आयोजना हुने यु-१९ एसिया कप खेल्न समेत छनौट भएको छ ।

पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको ७७ रनको लक्ष नेपालले ५ विकेट गुमाई पुरा गर्यो ।   ( स्कोरकार्ड )

प्रनित थापाले अविजित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।  प्रनितले लगातार २ छक्का प्रहार गरि जितसम्म पुर्याएका थिए ।

लक्ष पछ्याउने क्रममा नेपालले ६३ रनको स्कोरमा पहिलो ५ विकेट गुमाएको थियो । ओपनर सन्दिप सुनार १९, आसिफ शेख १ तथा अनिल शाह १६ रन बनाएर आउट भएका थिए । त्यसपछि दिपेन्द्र ऐरी २२ तथा सुमित महर्जन ० रनमै आउट भएका थिए l

हंगकंग ओपनिंग बलर करानदिप सिंहले सर्बाधिक ३ विकेट लिंदै नेपालको सुरुवात खराब बनाएका थिए । यस्तै झठाभेदले २ विकेट हात पारे l
किनरारा ओभल मैदानमा टस जितेको नेपालले फिल्डिंग गर्ने निर्णय गरेको थियो ।

नेपालको लागि शाहब आलम र सन्दिप लामिछानेले समान ३-३ विकेट दिलाए । यस्तै अनिल शाह र दिपेन्द्र ऐरीले १-१ विकेट आफ्नो नाम गरेका थिए ।

हंगकंगको लागि ओपनिंग ब्याट्सम्यान हरप्रित सिंहले सर्बाधिक २० रन बनाएका थिए भने झठाभेदले १६ र वकास खानले १५ रन बनाएका थिए । सन्दिप लामिछाने खेलको म्यान अफ द म्याच चुनिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी सन्दिप लामिछाने घोषित भए भने उत्कृस्ट बलर दिपेन्द्र ऐरी घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान सिंगापुरका सिद्धान्त घोषित भएका छन्।





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]