१५ फोटोमा हेर्नुस थाईल्याण्ड बिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल, २६ भदौ 

मलेसियामा जारि एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनको बिशाल अन्तरले पराजित गरेको छ l

टस हारेर पहिले ब्याटिंग गरेको नेपाली टिमले अनिल शाहको ९१ तथा प्रनित थापाको ५० रन मदतले नेपालले पहिलो इनिंगमा पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट नोक्सानीमा २८१ रन बनाएको थियो l २८२ रन लक्ष पछ्याउने क्रममा थाईल्याण्ड मात्र २६ रनमै अलआउट हुन पुगेको थियो l

नेपालको लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ६ रन खर्चेका थिए l खेलको म्यान अफ द म्याच सन्दिपनै घोषित भए l

नेपालले प्रतियोगिता अन्तर्गत आगामी खेल सेप्टेम्बर १३ तारिक बुधबार भुटानसंग खेल्नेछ l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l

खेल तालिका 

सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

हेर्नुस फोटोहरुमा नेपालको जित 

फोटोहरु – एसियन क्रिकेट काउन्सिल

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]