नेपाल एसिया कप यसरी छानिएको थियो..

काठमाडौं । नेपालले तेस्रो पटक महिला एसिया कपमा सहभागीता जनाउँदै छ । २०१२ र २०१६ को एसिया कपमा सहभागीता जनाएको नेपालको लागि नवौं संस्करणमा यस सहभागीता तेस्रो हुनेछ ।

गएको वर्ष फागुनमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपको फाइनल पुग्न नसके पछि नेपालको एसिया कप खेल्ने सपना सकिएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी( ले गत वर्षको चैतमा जारी गरेको खेल तालिकामा नेपालले प्रवेश पाएको जनाएको थियो ।

महिला एसिया कपमा सहभागी रहने राष्ट्रको संख्या बढाएसँगै नेपालले एसिया कप खेल्ने मौका पाएको हो । यस अघि प्रतियोगितामा प्रिमियर कपको फाइनलमा पुगेका दुई तथा अफगानिस्तान बाहेक एसियाका चार टेस्ट राष्ट्रको सहभागीता रहने नियम थियो । तर, प्रिमियर कपमा सेमिफाइनलसम्म पुगेका नेपाल र थाइल्यान्डलाई समेत यो मौका दिदै एसीसीले सहभागी राष्ट्रको संख्या ६ बाट ८ पुर्याएको हो ।

यसरी प्रतियोगिताको छनोट चरणबाट बाहिरिसकेको नेपालले एसिया कपमा मौका पाएको हो ।

एसिया कपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ । यस संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]