बलिंगमा नयाँ बिश्वरेकर्ड कायम, इंग्ल्याण्डलाई हराउदै अस्ट्रेलिया सेमीफाइनलमा

  • विकेटनेपाल, माघ-९

कम योगफलको खेलमा इंग्ल्यान्डलाई ३१ रनले पराजित गर्दै अस्ट्रेलिया यु-१९ बिश्वकपको सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम भएको छ।

न्युजिल्याण्डको क्विन्सटाउनमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा मात्र १२७ रनमा सबै विकेट गुमाएको थियो।जवाफमा ब्याटिंग गरेको इंग्ल्याण्डले ९६ रनमै सम्पूर्ण विकेट गुमाएपछि अस्ट्रेलिया बिजयी भयो।

बिश्वकप इतिहासकै उत्कृस्ट बलिंग 

इंग्ल्याण्डलाई २३.४ ओभरमा अलआउट गर्न लोयड पोप एक्लैले ८ विकेट हात पारे। इंग्ल्याण्ड ब्याट्सम्यानहरुलाई अस्चार्यचकित पार्ने बलिंग गर्दा पोपले इतिहासकै उत्कृस्ट बलिंग गरे।

अस्ट्रेलियन लेग स्पिनरले  ९.२ ओभरमा २ मेडन ओभर सहित ३५ रन खर्चेर ८ विकेट लिंदै यसै प्रतियोगितामा आफ्नै सहकर्मी बलर जेसन राल्सटनले पपुवा न्यु गिनी बिरुद्ध लिएको ७ विकेटको रेकर्ड तोड्दै नयाँ बिश्व किर्तिमान बनाए।

राहुल बिश्वकर्मा

यस भन्दा अघि यु-१९ बिश्वकपमा कसैले एकै खेलमा ८ विकेट लिन सकेका थिएनन्। पोप अघि ३ जना बलरहरुले ७ विकेट हात पारेका थिए। नेपाली बलर राहुल बिश्वकर्माले सन् २०१२ को यु-१९ बिश्वकपमा पपुवा न्यु गिनीसंग ६ विकेट ( ६.२-४-३-६ ) लिएका थिए जुन बिश्वकप इतिहासमा हालसम्मकै पाँचौ उत्कृस्ट बलिंग स्पेल हो।

https://www.youtube.com/watch?v=UVC2BbE21Dw

इंग्ल्याण्ड इनिंग 

१२८ रन लक्ष पछ्याउने क्रममा इंग्ल्याण्डले ४७ रन बनाउदा सम्म विकेट गुमाएको थिएन। पहिलो विकेटको रुपमा ओपनर ब्यांक्सलाई ( ३ रन ) स्टम्प आउट गरेपछि इंग्ल्याण्ड विकेट पटक सुरु भएको थियो। पोपले आठौँ ओभरमा लगातार २ विकेट तथा २४ औं ओभरमा पनि २ विकेट लिएका थिए।

इंगलिस ओपनर तम बान्टनले ५८ रन ( ५३ बल, ७ चौका, ३ छक्का ) को इनिंग खेल्दै टिमको योगफलको आधा भन्दा बढी रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य ब्याटिंग गर्न सकेनन्।

अस्ट्रेलियाको इनिंग 

पहिले ब्याटिंग रोजेको अस्ट्रेलियाले पनि खराब ब्याटिंग गरेको थियो। कप्तान जेसन सांघाले सर्बाधिक ५८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले टिमको स्कोरमा खास योगदान दिन सकेनन्।

३३.३ ओभरमा १२७ मा सिमित गर्न इंग्ल्याण्ड बलर इथान बाम्बर, दिल्लन पेनिंगटन र विल ज्याक्सले समान ३/३ विकेट आफ्नो नाम गरेका थिए।

प्रतियोगिताको दोश्रो क्वार्टरफाईनलमा बुधबार पाकिस्तानले दक्षिण अफ्रीकाको सामना गर्नेछ। यस्तै तेश्रो क्वार्टर बिहिबार फाइनलमा न्युजिल्याण्डले अफगानिस्तानको र चौथो क्वार्टरफाइनलमा शुक्रबार बंगलादेशले भारतको सामना गर्नेछ।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]