सप्तरी प्रिमियर लिग-५ : बसिर र दिनेश चम्किंदा बलान बिहुल र बजाज खडक वारियर्स विजयी

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ सिजन अन्तर्गत दोश्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्सले विजयी सुरुवात गरेका छन्।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले विजयी सुरुवात गर्ने क्रममा रुपनी राइडर्सलाई ८ विकेटले पराजित गर्यो। रुपनीले दिएको १२८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो।

बलान बिहुलको ब्याटिंगमा ओपनर हसिम अन्सारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। पवन र बसिरले तेश्रो विकेटको लागि अविजित ४१ रनको साझेदारी गरे।

खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि १७ ओभरमा छोट्याएर खेलाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १२७ रन बनायो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला शाहले ३० रन योगदान दिए। बलान बिहुलको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३/३ तथा सर्वन यादव र रोबिन सिंहले १/१ विकेट लिए।

Dinesh Adhikari'
दिनेश अधिकारीले ५ विकेट लिए

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्यो। छिन्नमस्ताले दिएको १२४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा भेटायो।

खडक वारियर्सको लागि सन्दिप रजालीले सर्वाधिक ४० रन बनाए जुन क्रममा उनले मात्र १८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुश्लिंगले समान १६ रन बनाए।

छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २/२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनायो। उसको लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्ताले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए। खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। अधिकारी प्लेयर अफ द म्याच घोषित भए। अनिल खरेल र अनिल यादवले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई वटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दिउँसो १ बजे दोश्रो खेलमा कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

सप्तरी प्रिमियर लिगको आयोजनामा जारि प्रतियोगितामा सप्तरीका ६ वटा फ़्रेन्चाइज् टिमको सहभागिता छ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]