नेक्ससको आयोजनामा ब्रमास्मी एसईई एक दिवसिय क्रिकेट प्रतियोगिता हुने

  • विकेटनेपाल – ६ फाल्गुन, सोमबार  ( काठमाण्डौ )

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई एक दिवसिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यस बर्ष एसईई परीक्षा दिएका खेलाडीहरुलाई लक्षित गर्दै एकेडेमीले सो प्रतियोगिता आयोजना गर्न लागेको हो।

यस बर्ष एसईई परीक्षा दिएका खेलाडीहरु बाट ट्यालेन्ट हन्ट आयोजना गरेर प्रतियोगिताका लागि खेलाडी छनोट गरिने एकेडेमीले बताएको छ। आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको घोषणा गरेको हो।

प्रतियोगिता आउने बैशाख महिनाको अन्तिम सातामा संचालन हुनेछ। प्रतियोगिता संचलानका लागि आयोजकले सोमबारनै ब्रमास्मी कलेजसंग प्रायोजन सम्झौता समेत गरेको छ। सम्झौतामा आयोजकका तर्फबाट एकेडेमी अध्यक्ष भरत शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुरुप ब्रमास्मी कलेजले एकेडेमीलाई प्रतियोगिताका लागि ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। त्यससंगै कलेजले प्रतियोगिताको छनोटका लागि ट्यालेन्ट हन्टमा सहभागी हुने सबै बिद्यार्थीलाई छात्रबृद्दि समेत प्रदान गर्नेछ।

घरेलु स्तरबाट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ आयोजना हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने एकेडेमी अध्यक्ष भारत शाहीले जानकारी गराए। शाहीका अनुसार ठूलो संख्यामा खेलाडी समावेश गर्नका लागि प्रतियोगिताको ट्यालेन्ट हन्ट देशका मुख्य ११ स्थानमा आयोजना हुनेछ।

आउँदो चैत्र २२ गतेबाट संचालन हुने ट्यालेन्ट हन्ट बैशाख १६ गतेसम्म चल्ने छ। देशका ११ मुख्य स्थानहरु धनगढी, कोहलपुर, सुर्खेत, दाङ्ग, बुटवल, पोखरा, चितवन, कलैया, बिराटनगर, बिर्तामोड र काठमाण्डौमा ट्यालेन्ट हन्टको आयोजना हुनेछ। हरेक क्षेत्रबाट प्रदर्शनका अधारमा ५-७ खेलाडी छनोट गरिने छ।

ट्यालेन्ट हन्टबाट छनोट भएका १०० बढी खेलाडीलाई करिब एक साता काठमाण्डौमा प्रशिक्षण गराइने र त्यसबाट प्रतियोगिताका लागि ४८ खेलाडी छनोट हुनेछन्।

प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने १४ खेलाडीलाई छनोट गरि सिरिजमा सहभागी गराइने समेत आयोजक नेक्सस क्रिकेट एकेडेमीले बताएको छ। यस्तै प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान, बलर र म्यान अफ दि सिरिजले एकेडेमीको दिल्ली सेन्टरमा एक बर्षसम्म निशुल्क प्रशिक्षण समेत पाउने छन्।

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]