पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार सम्पन्न खेलमा पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। पुलिसले अपराजित यात्रा कायम राख्दै लगातार छैटौं जित निकालेको हो।

गण्डकीले दिएको ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रनको योगदान गरे। ऐरीले २३ बलको सामना गर्दै ३ चौका र ६ छक्का प्रहार गरे।

ओपनर अर्जुन साउदले अविजित १८ र दीलिप नाथले १० रन बनाए। अमित श्रेष्ठले ७ रनमा बनाउँदा कुशल भुर्तेल शून्य रनमा आउट भए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले २३ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ९२ रन बनाएको थियो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रनको योगदान गरे।

उनले ६३ बलको सामना गर्दै ८ चौका प्रहार गरे। रोहित चन्द र सुवास भण्डारीले समान १०/१० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। वंश क्षेत्री, दीपक डुम्रे, सन्दीप पराजुली र कप्तान विपिन खत्री रन नै नबनाई आउट भए। सुदीप अर्याल ७ रनमा नटआउट रहे।

पुलिसका ललित राजवंशी र गुल्शन झाले कसिलो बलिङ गरेपछि गण्डकी सस्तैमा समेटिएको हो। ललित एक्लैले ५ विकेट लिए। गुल्सन झाले चार विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]