NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ।

अमेरिकाको लागि २० वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेका विकेटकिपर ओपनिंग ब्याटर आन्द्रिस गाउस ( Andries Gous ) ले एभेन्जर्सको प्रतिनिधित्व गर्ने भएका छन्। दक्षिण अफ्रीकामा जन्मिएका उनि दक्षिण अफ्रिकी पूर्व अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत हुन्।

पोखराले आफ्नो सामाजिक संजाल मार्फत गाउसलाई अनुबन्ध गरेको घोषणा गरेको हो। अनुबन्धित भएपछि ३१ वर्षीय गाउसले खुसि व्यक्ति गर्दै भिडियो सन्देश पठाएका छन्। उनले आफु पहिलो पटक नेपाल आउन लागेको र नेपालमा खेल्न उत्साहित भएको बताएका छन्।

गाउससंग यसै वर्ष वेस्टइन्डिजको करेबियन प्रिमियर लिग खेलेको अनुभव छ भने ग्लोबल टि-२० क्यानडा, मेजर लिग क्रिकेट, इन्टरनेशनल लिग टि-२० जस्ता फ़्रेन्चाइज् लिग खेलीसकेका छन्।

यो वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना भएको टि-ट्वान्टी विश्वकपमा गाउस अमेरिकाको लागि सर्वाधिक रनकर्ता रहेका थिए। उनले ६ खेलमा ४३. ८० को औशत, १५१. ०३ को स्ट्राइट रेटमा २१९ रन बनाएका थिए। प्रतियोगितामा दुई अर्धशतक बनाएका उनले दक्षिण अफ्रीका विरुद्ध ओपनिंग ब्याटिंग गर्दै मात्र ४७ बलमा ५ चौका र ५ छक्का मद्दतले अविजित ८० रन बनाएका थिए। यस्तै उनले क्यानाडा विरुद्ध पनि ४६ बलमा ७ चौका र ३ छक्का मद्दतले ६५ रन बनाएका थिए।

यसै वर्ष अप्रिलमा अमेरिकाको लागि डेब्यु गर्दै २० वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका उनले ५ वटा अर्धशतक मद्दतले ५९८ रन बनाएका छन् जुन क्रममा उनको औशत ३३.२२ तथा स्ट्राइक रेट १४८.०१ रहेको छ। डेब्युको पहिलो दुई खेलमा उनले क्यानडा विरुद्ध दुई वटा अर्धशतक बनाएका थिए।

पोखरा एभेन्जर्स टिम : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]