ओमेगा इन्टर कलेज टि-२० आयोजना हुने

२०७४ पुष २४, सोमबार २१:२१

  • विकेटनेपाल, २४ पौष – सोमबार 

ओमेगा कलेजको आयोजनामा माघ २७ देखि फाल्गुन ५ गते सम्म ‘ओमेगा प्रथम इन्टर कलेज टि-२०’ प्रतियोगिता आयोजना हुने भएको छ।

सोमबार राजधानीमामा आयोजित पत्रकार सम्मेलनमाझ घोषणा गरिएको नक-आउट प्रतियोगितामा १६ वटा टिमहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा भारतको अमरनाथ कलेजले खेल्ने पक्का भएको र अन्य टिमहरुको टुंगो छिट्टै लाग्नेछ।

प्रतियोगिता जित्ने टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृस्ट खेलाडी र ब्याट्सम्यान/बलर तथा इमर्जिंग खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।

पुल्चोक इन्जिनियरिंग मैदानमा सम्पूर्ण खेलहरु संचालन हुने प्रतियोगिता ओमेगा कलेजले पहिलो पटक आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुने टिमलाई रु. १० हजार इन्ट्री फि राखिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy